काँग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन जेठ २६ गतेबाट हुने

मंसिर १६, काठमाडौं ।
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशन जेठ २६ बाट काठमाडौंमा हुने भएको छ। महासंघको शुक्रबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पुस २१ गतेबाट वडा अधिवेशन शुरु गर्ने निर्णयसमेत गरेको छ।
बैठकले ११ जातीय संगठन आबद्ध महासंघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न अध्यक्ष ओमबहादुर घर्तिमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरु, आवद्ध जातीय संघका केन्द्रीय अध्यक्षहरु उपत्यकाका जिल्ला अध्यक्षहरु रहेको १०१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने साथै आवश्यक उपसमितिहरु केन्द्रीय अध्यक्षले आवश्यक सल्लाह गरि गठन गर्ने निर्णय गरेको छ।
महासंघले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै –

मिति : १६ मंसिर २०८०

प्रेस विज्ञप्ति

पत्रकार मित्रहरू,

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय कार्यसमितिको १५ मंसिर २०८० मा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षता बसेको पाँचौ पूर्ण बैठकले “संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन” भन्ने मुल नाराका साथ ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते काठमाडौमा सम्पन्न गर्ने गरि महाधिवेशन कार्यतालिका पारित गरेको छ । उक्त बैठकले तपशिल बमोजिमका निर्णय गरेको छ ।

१. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको सम्पन्न गर्न तपशिल बमोजिमको कार्यतालिका पारित गर्नुको साथै कार्यतालिका बमोजिम अधिवेशनहरु सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गर्दछ ।

ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिका

(क) ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा २०८० मंसिर ३० गते बस्ने ।

(ख) वडा अधिवेशन २०८० पुस २१ गते ।

(ग) पालिका अधिवेशन २०८० माघ ६ गते ।

(घ) प्रदेश सभा क्षेत्रीय अशिवेशन २०८० माघ २१ गते ।

(ङ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८० फागुन ५ गते ।

(च) जिल्ला अधिवेशन २०८० फागुन १९ गते ।

(छ) प्रदेश अधिवेशन २०८० चैत्र १७ र १८ गते ।

(ज) राष्ट्रिय महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते, काठमाडौ ।

२. ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको मुल नारा “संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन” रहने तय गर्दछ ।

३. ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरु, आवद्ध जातीय संघका केन्द्रीय अध्यक्षहरु उपत्यकाका जिल्ला अध्यक्षहरु रहेको १०१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने साथै आवश्यक उपसमितिहरु केन्द्रीय अध्यक्षले आवश्यक सल्लाह गरि गठन गर्ने निर्णय गर्दछ ।

४. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम (गोरखा) लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

५. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन संयोजक, जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको नियमावली २०८० संशोधन सहित पारित गर्दछ ।

६. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ विधान बमोजिम सन्तबहादुर चेपाङ (मकवानपुर) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्याल (म्याग्दी) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र नरजंग दुरा (लमजुङ) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय गर्दछ ।

७. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघलाई अनुशासित संगठन बनाउन महांसघको विधान बमोजिम केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन (धनकुटा) संयोजक, पासाङ शेर्पा (ताप्लेजुङ) र दुर्गा सुनुवार (सिन्धुली) सदस्य रहने गरि केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गर्दछ ।
जय नेपाल ।

………………………..
ओमबहादुर घर्तीमगर
अध्यक्ष

Advertisment