पुर्ब मुख्यमन्त्री पोखरेललाई मातृशोक

९ माघ, तनंहु ।
नेपाली काङ्ग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो । स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो ।

उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बन्नुभएको थियो । स्वश्र गोबद्र्धन शर्मा पोखरेलको पञ्चातले सर्वस्व हरण गरेपछि उहाँलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो । बाबु गोबद्र्धधन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहनुभयो ।

उहाँ नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत हुनुभएको थियो । उहाँ गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक हुनुहुन्थ्यो । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

Advertisment