पत्रकार रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कारबाट सम्मानित

माघ१७, पोखरा ।

पोखराका पत्रकार रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

मन्त्रालयमा बुधबार आयोजित समारोहमा मन्त्रालयले हरेक प्रदेशको प्रतिनिधित्व हुने गरी २५ हजार राशिको खेलकुद पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । पत्रकार रोहितराज नयाँ पत्रिका दैनिक र रिखिराम समाधान दैनिकमा कार्यरत छन् । दुबैजना नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य हुनुहुन्छ ।

यसैगरी, कोशीबाट हरिप्रसाद कोइराला (मोरङ), मधेशबाट तिवारी यादव (बारा), बागमतीबाट गोविन्दराज नेपाल (धादिङ), गण्डकीबाट रोहितराज पराजुली (कास्की), लुम्बिनीबाट रिखिराम जिसी (प्यूठान), कर्णालीबाट नन्दराम जैसी (जुम्ला), सुदूरपश्चिमबाट नवराज पनेरु (डँडेलधुरा) र महिलातर्फ दैलेखकी रजनीकुमारी योगी पनि २५ हजारसहित सम्मानित हुनुभएको छ ।

यसैगरी, ५० हजार राशिको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान गोविन्द रेग्मी (धादिङ) ले प्राप्त गर्नुभएको छ । वहां गोरखापत्र अनलाइनमा कार्यरत हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद सम्मानबाट ९ जना सम्मानित भएको छ । जसमा मेनुकाकुमारी राजवंशी (कब्बडी), नवीता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), एरिका गुरुङ (कराँते) सुभश्री श्रेष्ठ (टेबलटेनिस), पलेशा गोवर्धन (पारा तेक्वान्दो), पार्वती राई (कबड्डी), तेजेन्द्र सिंह महरा (टेबलटेनिस) र आविस्कार पुडासैनी (फुटबल) ले १ लाखसहित सम्मानित भएको छ ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यमा भएको समारोहमा मन्त्रालयका सचिव रविलाल पन्थ, सहसचिव शिवप्रसाद रेग्मी, राखेपका पदाधिकारी, छनोट समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।

अघिल्लो वर्ष पनि पोखरामा कार्यरत पत्रकार केशव पाठकले ५० हजार र विजय नेपाल, धनबहादुर गुरुङ (सुमन), दीपक परियार र विजय नेपाली यस्तै प्रकृतिको २५ हजार राशिको पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

Advertisment