मेयर साहेब
नमस्कार
हामी निर्बाचित भयेर आए पछिको ११ औ नगर सभा देखि हरेक नगरसभामा अधिकांश सभासदहरुले बादर आतंक र यसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौ।तर आजको दिनसम्म यहांको जुन पहल कदमी हुनु पर्थ्यो, कति भयो भन्ने तपाईंलाइ नै थाहा होला। अचानोको पिर खुकुरीलाई थाहा नहुने रहेछ।म नगर सभासदमात्र नभइ कृषक भएर पनि आफैले देखे भोगेको तितो सत्य बोली रहेको छु जुन अधिकांश महानगर भित्रको ग्रामिण महानगर बस्तीको पीडा रहेको छ।तपाईलाई थाहानै छ,हाम्रै वडा लगयतका महानगरका विभिन्न वडामा बेसि र समथर भुभागहरु छन। जहाँ १२ मासे सिंचाइको ब्यबस्था छ अनि जेठो बुडो देखि सबै खाले बालिहरु,तरकारी र फलफुल ३ सिजन फल्ने गर्दछ।जहाँ बादरको आतंकको पहुच पुग्दैन,त्यस्तो ठाउँलाई आवास क्षेत्र घोषणा गर्नु भयो।त्यस्को उल्टो पहाडी इलाका जहा आकाशे पानी परेपछी र मुल उम्रेपछी मात्र खेतिपाती गर्न सकिन्छ ,उल्टै खाने पानी त मुस्किल छ,लगायेको बाली नाली माथी बादर आतंक छ,त्यस्तो ठाउलाइ खेतीयोग्य जमिन बनाइदिनु भयेको छ।
मेयर साहेब,हजुर पनि भरतपोखरीकै डाडामा जन्मी, हुर्की, पढी आज यो ठाउमा आइपुग्नु भाको छ।हुनत तपाईको अहिलेको आधिकतम बसाइ नयाँबजारमा भयेर पनि होला,हालको गाउँको बादर आतंक पुर्ण रुपमा थाहा नहुन सक्छ तर म हिजो कन्धानी डाडामा जन्मी, हुर्की,पढि यहासम्म आइपुग्दा हिजो जहा हुर्के बढे र पढे,आज पनि त्यही बस्छु जस्का कारण आज मैले बादर आतंक देखेको र भोगेको छु। बारिमा म एक्लै बादर धपाउन जादा एकपटक बादरले म माथी आक्रमण गरि नग्रा गाडेको अझै डोब छ।तपाईंलाइ थाहा होला बादरको नग्रा मात्र गड्यो भने कति घातक हुन्छ भनेर।एउटा बच्चा स्कुल गएर आउदा बादरको आक्रमण भयो र त्त्यसलाइ तलमाथी केही भयो भने त्यसको जिम्मा कसले लिन्छ?आज बाबू नानी र अभिभावकलाई समेत स्कुल जादा देखि फर्कदा सम्म मनोत्रास छ।पाहिला पहिला बच्चाहरूलाई कोर्कोमा सुतायेर आमाले खेत बारिमा काम गर्ने चलन थियो।तपाइँ हामी पनि सानोमा स्कुल जादा बादर बाटोमा भेटिन्थे तर पहिला त्यस्तो थिएन।अहिले काम त के, कति खेर आएर आक्रमण गर्छ भन्ने डर।झन महिला र केटाकेटिलाइ त पटक्कै नटेर्ने।आज तपाईं र मेरो डाडामात्र हैन महानगर भित्रका दुर्गम महानगर बस्तिहरु बेगनास,माझठाना,कालिका,आर्बा,मौजा,भलाम,अर्मला,हर्पाक,घार्मी,पुरन्चौर,चुरुङा,उपल्लो हेम्जा,सराङकोट,कास्किकोट,चापाकोट,हर्पन,पुम्दीभुम्दी,मट्टिखान,निर्मलपोखरी सहितका हरेक ठाउँहरु बिकास निर्माण लगायतका अत्यावश्यक सुबिधा त छदै छ,झन बादर आतंकले गाउँकोअबस्था बिकराल छ।
आज हामी महानगरबासीहरु धेरै खाद्य सामाग्री आयात माथी भरपर्नुको कारण के?युबा बिदेश पलायन गराउने बाटो हामिलेनै गरेका छैनौ र!गाउँ घरमा खेती पाती गर्यो।मकै छरे देखिनै बादरले बीउ खोतल्न थाल्छ।मकै पाकिन्जेल सम्म सबै सखाप।दिन भर कुरेर बस्यो,कुन बेला झुक्याएर बादरले सखाप पार्छ।धान बीउ छरे देखि काट्ने बेला सम्म उहीँ हालत,कोदो ,गहु,तोरि लगायेत सबै बालीको अबस्था तेस्तै छ।कि खाने,नखाये बिगारेर भत्कायेर छोड्ने।तरकारीको कुरै नगरौ,आलु,प्याज,केराउ,काउली बन्दा,काक्रो,लौका,सिमि,घिरौलाको अबस्था तेस्तै।सार्ने बेला देखि बचिला लाउने बेला सम्म झुक्याएर सखाप पार्ने।मैले घरमा उत्पादन गरेको लशुन प्याजले बर्ष दिन भरी खान पुग्थ्यो,तर अहिले प्याजको बेर्ना सार्न नपाइ सखाप हुन्छ जस्ले गर्दा भारतबाट आयातित प्रती किलो १६० रुपैया सम्म तिरेर खानु परेको छ। कृषि क्रान्तिको भजन गाउदै गर्दा यो कृषकको समय,मल,बीउ बिजन लगायत हल खेतालको पारिश्रमिकको जिम्मा कस्ले लिने?ती कृषकहरुलाइ क्षतिपूर्ति र बिमा रकमको ब्यबस्था गरेका छौ त।बारीमा लगाएको खेती नष्ट गरेर नपुगेर भान्छाको खानाको कसौंडी सम्म नछाड्ने यी बॉदरहरु गॉउको बस्तीका लागि क्यान्सरकै रुप्मा रहेकोअधिकाम्स जनताहरुको भनाइ छ।
मेयर सहेब
तपाइलाइ अबगतनै छ,अहिले ग्रामिण भेगबाट बेशी र समथर भुभागमा बसाइ सराइ अत्यधिक बढिरहेको छ।गाउको जग्गा बाझो राखेर बस्ने अनि २ वोटा खुर्सानी र तरकारिकाबोट छतमा उमारेर सामाजिक सन्जालमा पोस्ट गरेर मख्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने,हाम्रो गाउँ र समाज कता गहिरहेको छ। तितो सत्य हामिले अलि बिर्सियेउ कि।हो जनाबरको पनि आफ्नो अधिकार हुन्छ,त्यसलाइ पनि मध्य नजर गर्दै बैकल्पिक ब्यबस्थापन गर्नुपर्दछ तर हामी मानबहरुलेनै आधिकारको नाममा दैनिक मानब जीबनमानै उथल पुथल गर्ने,कृषि पेशाबाटनै पलायन हुनुपर्ने , गाउँ घरनै छोडेर हिड्नु पर्ने बाध्यात्मक अवस्थालाई रोक्ने तपाई हाम्रो दाइत्व हैन र?
नेपालकै ठूलो महानगरका बासिन्दा हामी ठूलो बादर आतंकमा छौ भन्दै गर्दा र तपाइले रुख कटान सम्बन्धि गरिएको सम्प्रेषणमा तत्काल बैकल्पिक ब्यबस्था गरिएन भने भबिश्यमा हामिले घोषणा गर्दै गरेको पर्यटकीय राजधानीमा गाउँ घरमा उत्पादन भयेको अर्गानिक तरकारी,फलफुल र खानेकुरा भन्दै बिदेशबाट आयतित गरेको खनेकुरा खुवाउने दिन छिट्टै आउनेछ।बादर आतंकबाट बच्नको लागि तत्काल सुनुवाइ होस भनी जोडदार माग गर्दछु।प्रमाणको रुपमा मेरै घरको माथी खिचियेको फोटो र भिडियो पेस समेत गरेको छु।
धन्यवाद
जय पोखरा
तपाईंकै नगर सभा सदस्य
सुदिप राज ढुंगाना
वडा सदस्य
पोखरा महनगरपालिका २६
पोखराका मेयरलाई बादर आतंक बारेमा वडा सदस्यको धम्की !
१७ माघ २०८०, बुधबार
100
Advertisment