पोखरामा अन्तर बटालियन भलिबल प्रतियोगिता सुरु: भुतपुर्ब सैनिकको ज्ञान र सिप समाजका लागी योगदान : लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेल

पोखरामा अन्तर बटालियन भलिबल प्रतियोगिता सुरु

१० फागुन, पोखरा ।
भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखरामा अन्तर बटालियन भलिबल प्रतियोगिता सुरु भएको छ । फागुन १७ गते सम्म चल्ने प्रतियोगितामा १८ समुहले प्रतिष्पर्धा गर्ने भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुंदै पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलले गोरखा भुतपुर्ब सैनिकहरुको ज्ञान र सिपलाई अवकाश पछि पनि समाजका लागी योगदान दिईरहेको भन्दै प्रशंसा गर्नुभएको छ ।

लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलले खेलकुदले भु.पु सैनिकमा रहेको बिगतको जोश, जांगरलाई पुर्नताजगी दिन सक्षम रहेको बताउनुहुंदै अन्तर बटालियन कपमा सहभागी खेलाडीमा शुभकामना दिनुभएको थियो ।

उद्दघाटनको पहिलो खेलमा ६ \ ८ जिआर र २ \ ८ जिआर बिच भएको खेलमा सोजो सेटमा ६\ ८ जिआर ले विजय हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
कार्यक्रममा सुबदार मेजर ठाकुर प्रसाद पौडेलले भुपु सैनिकहरुमा आत्मियता बढाउन विगत ५ वर्ष देखि अन्तर बटालियन भलिवल प्रतियोगिता संचालन गरिरहेको जानकारी दिनुभयो ।

Advertisment