कांग्रेस गण्डकी प्रदेशले आफ्नै भवन निर्माण गर्ने

१७ फागुन, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितीको सम्पन्न बैठकले पोखरामा आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको विहीबार बसेको बैठकले
पार्टी कार्यालयलाई प्राप्त करिब ३ रोपनी जमिनमा भवन बनाउने निर्णय गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभएको छ ।
वैठकबाट पोखरा महानगरपालिका वडा नं. १९ मा रहेको नेपाली कांग्रेस वडा कार्यालयको हाता भितेर रहेको बिपि स्मृति भवन सहित करिब ३ रोपनी जमीनमा वडा कार्यालय पनि त्यही रहने गरी प्रदेश भवन बनाउने गरि सम्झौता भईसकेको सभापति शर्माले बैठकमा जानकारी दिनुभएको हो ।
सभापति शर्माका अनुसार प्रक्रियाका कामहरु करिब सकिसकेको र  २ तला भवन बनिसकेको र अब थप १ तला थप्नुपर्ने र अन्य विविध काम हरु गर्नुपर्ने देखिएको हुँदा काम चाँडै नै सकेपछि नेपाली कांग्रेस गण्डकी प्रदेश सोही स्थानमा सर्ने तयारी समेत गरिरहेको बताईन्छ ।

यसको ईन्जिनियरिङ इस्टिमेट अनुसार करिब ५ करोडको लागत लाग्ने अनुमान गरिएको छ ।  वैठकले जग्गादाता, सहयोगी सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।
वैठकले राष्टिय सभामा निर्वाचित सांसदलाई वधाई, प्रदेश सम्मेलनबाट पारित प्रतिवेदन र अवधारणापत्र एवम् सहयोगी प्रति धन्यवाद र प्रशिक्षण सम्बन्धी जानकारी विषयकमा छलफल भएको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले बताउनुभएको छ  ।
प्रवक्ता बास्तोलाका अनुसार यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्यमा गण्डकी प्रदेशबाट निर्वाचित उम्मेदवारहरुलाई बधाई दिनुका साथै शुभकामना व्यक्त गरिएको थियो। भने पुष ३ र ४ गते सम्पन्न भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनबाट पारित महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन र सभापतिको अवधारणा पत्र केन्द्रीय महासमितिको वैठकमा पेश गरिएको जानकारी गराइएको र सम्मेलनमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरिएको प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
त्यसैगरी उक्त वैठकमा उपसभापति कल्पना तिवारीले फागुन ३ र ४ गते प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको जानकारी गराउँदै गण्डकी प्रदेशबाट ४४ जना र लुम्बिनी प्रदेशबाट ५२ जना प्रशिक्षक प्रशिक्षार्थी सहभागी भएको जानकारी दिनुभयो । उपसभापति तिवारीले अब चाँडै नै जिल्ला देखि टोल, टोल सम्म प्रशिक्षणको कार्यक्रम गर्ने योजना रहेको समेत प्रष्ट्याउनुभयो । ।
महामन्त्री विष्णुप्रसाद लामिछानेले बैठकमा एजेण्डा पेश गर्नुका साथै प्रदेश कार्यालय सन्चालनको समेत कार्यभार सम्हाल्नुभएको छ ।  वैठकको सभापतित्व सभापति शुक्रराज शर्माले गर्नुभएको थियो ।

Advertisment