मुख्यमन्त्री पाण्डे पदभार ग्रहण : महिलाका लागी महत्वपुर्ण निर्णय

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुंदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरुमा गर्भवती तथा सुरत्केरी महिलाकालागि महत्वपुर्ण निर्णय गर्नुभएको छ ।

वहांले गर्भवती तथा सुरत्केरी महिलाका लागी आवास स्थापना तथा संचालन गर्ने र स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति ब्यवस्थापन गर्न न्यायिक सहजकर्ताको छनौट तथा ब्यवस्थापन र परिचालनकालागि स्थानीय न्यायिक सहजकर्ता (नियुक्ती तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने समेत निर्णय गर्नुभएको छ ।

Advertisment