पोखरा ११ असार
कास्कीको मादी गाउँपालिकाले निर्वाचित भएर आएको दुई वर्षपछि प्रवक्ता तोकेको छ ।
पालिकाको १५ गाउँसभाले वडा नम्बर २ का अध्यक्ष भोजबहादुर गुरुङ्लाई प्रवक्ता तोकेको हो । अबदेखि मादी गाउँपालिकाका गतिबिधिबारे गुरुङ्बाट जानकारी पाईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिए । गुरुङ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् । लामो समय नेपाल विद्यार्थी संघमा राजनिति गरेका युवा नेता गुरुङले गाउँपालिकाबाट पोखरा बसाईं सराईं गरेका स्थानीय बासिन्दाको सहजताको लागि पोखरामा बसेर घुम्ती सेवा पनि सञ्चालन गरिरहेका छन् । यसैबिच गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१८२ का लागि ६९ करोड १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।



