पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीले बधाई तथा शुभकामना कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न गरेको छ ।
नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्की द्वारा आयोजित बधाई शुभकामना र सम्मान कार्यक्रममा गण्डकी प्रदेशका आर्थ मन्त्री डा.टकराज गुरुङले आदिबासी जनजातिहरुले अधिकरको साथसाथै कर्तब्य पनि पुरा गर्न सकृय रहनुपर्ने धारणा राख्नुभएको थियो । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति कास्कीका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालै काठमाण्डौमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुभएका केन्द्रिय सदस्य भिम बहादुर गुरुङ र खेम बहादुर गुरुङ त्यसैगरि गण्डकी प्रदेशका अध्यक्ष जीत बहादुर गुरुङ र कास्की जिल्ला सल्लाहकार तथा लोकतान्त्रिक अपांग संघका केन्द्रिय सदस्य राधाकृष्ण गुरुङ लाई सम्मान गरिएको थियो ।
दिवा भोज सहित सम्पन्न कार्यक्रममा कांग्रेस नेताहरु शारदा पौडेल, युवराज कुंवर, राजेन्द्रमणी लामिछाने, भानु ढकाल, सम्मानित ब्यक्तित्वहरु जित बहादुर गुरुङ, खेम बहादुर गुरुङ,भिम बहादुर गुरुङ, राधाकृष्ण गुरुङ लगायतले शुभकामना दिएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्र प्रसाद थापा मगर र सन्चालन जिल्ला सचिब रिता गुरुङले गर्नुभएको थियो ।