पोखरा- १६ मा सडकबत्ती नहुंदा चोरीको खतरा ! वडाध्यक्ष तिमिल्सिनालाई किन टेरेन प्राधिकरणले ?

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर – १६ माथिल्लो दिप क्षेत्रमा ४ दिनदेखी  सडक बत्ती नहुंदा सडक क्षेत्र पुरै आंध्यारो भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिडं् ले एक कार्यक्रम बिच सम्झौतापछि निक्कै धुमधामका साथ प्रारम्भ गरिएको स्मार्ट सडक बत्ती बेला बेलामा यसरी बन्द भई सडक आंध्यारो हुने गरिरहेको छ ।

स्थानिय जनप्रतिनिधीले प्राधिकरणतिर देखाउने र प्राधिकरणले जनप्रतिनिधीतिर देखाउने गरेका कारण सडकमा बिग्रिरहेको स्मार्ट लाईट कसले बनाउने हो जनता भने मारमा परेको छ ।

स्थानिय डम्बर बहादुर केसीले पटक पटक फोन गरिरहंदा पनि एकले अर्कोलाई दोस्याउने तर जनता भने मारमा परिरहने काम भएको भन्दै छिटो भन्दा छिटो बिग्रिएको सडकबत्ती बनाउनुपर्ने माग गर्नुभएको छ ।

यस सम्बन्धमा युनाईटेड खबर डट कमले वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनालाई सम्पर्क गर्दा पनि प्राधिकरणको प्राबिधिकलाई पटक पटक ताकेता गर्दा पनि नआएको बताउनुभयो । तर स्थानियले भने वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनालाई प्राधिकरणका कर्मचारीले नटेरेका हुन वा पहल नगरेका हुन भन्नेमा शंका रहेको बताउंछन ।

उता वडा कार्यालयबाट प्राप्त प्राधिकरणको सो क्षेत्र हेर्ने प्राविधिकलाई (रुद्र बराल 9851190899 ) युनाईटेड खबर डट कमले सम्पर्क गर्दा फोन उठाउन भने भुल्नुभएको छ !

चारदिनदेखि आंध्यारोमा रहेको सुन्दरफिड देखि महेन्द्रगुफा सडक खण्डमा पर्ने मनिपाल कलेजमा करिब ३ सय बिधार्थी रहेका छन ।

बिधार्थीहरुको क्लास धेरै जसो राती ११ बजेतिर छुट्ने हुंदा वरपरका घरमा डेरा लिई बस्नेहरु डेरा जांदा आंध्यारोका कारण सास्ती ब्योहर्न परेको बिधार्थीहरु बताउंछन् । यस क्षेत्रमा केही दिनदेखी चोरीका घट्नाहरु समेत बढिरहेको हुंदा यथासक्य चांडो बिग्रिएको स्मार्ट सडक लाईट बनाउनुपर्ने स्थानियले माग गरेकाछन् ।

Advertisment