असोज १०, पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १६ को अमला बिसौनीमा मिनीट्रक दुर्घटनामा परेको छ । कटिङ ढुङ्गा बोकेर बिहिबार बिहान भुर्जुङखोलाबाट पोखराको घार्मीहुंदै अमला बिसौनीचोकमा आईपुग्दा ब्रेक फेल भई मिनीट्रक दुर्घटनामा परेको ट्रकका सवारीधनी ऋषि आचार्यले जानकारी दिएकोछ ।
ढुङ्गा बोकेर आएको मिनीट्रकको चालक फरार भएको छ भने भुर्जुङखोलाका राजु गिरीको खुट्टा भांचिएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।
केही समय अघिदेखी त्यसक्षेत्रका खानी/ खोलाबाट ढुङ्गा,माटो, बालुवा निकासी गर्न कास्की प्रशासन र अन्नपुर्ण क्षेत्र आयोजनाले पुर्णरुपमा बन्द गरिएको थियो ।