तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको शुभकामना आदानप्रदान, विद्यार्थी सम्मान सम्पन्न

पोखरा । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको आयोजनामा वडा दशैं २०८१ को शुभकामना आदानप्रदान तथा नव निर्वाचित तमु विद्यार्थी छोंज धीं गण्डकी प्रदेश र कास्की जिल्ला कार्य समिति लाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय उप महासचिव मनोज गुरुङले राज्य शक्तिमा परिवर्तन ल्याउन सक्ने शक्ति विद्यार्थी भएकोले गुरुङको अस्तित्व कायम राख्ने गरी हर क्षेत्रमा जोडिन आग्रह गर्नुभयो। तमु ह्युल छोंज धीं सचिवालय सदस्य विष्णु गुरुङले सबै तमु एकता मनाए ल्याउन विद्यार्थीको महत्वपूर्ण भूमिका रहने हुनाले सोही कार्यमा सक्रिय भइदिनुहुन आग्रह गरेका थिए ।

तमु ह्युल विद्यार्थी केन्द्रिय उप कोषाध्यक्ष युवराज गुरुङले पहिचान परिवर्तन र पहुँचमा अग्रसर हुन सबै विद्यार्थी सक्रिय हुन आवश्यता छ भने अभिभावकको ठूलो साथ सहयोगको अपेक्षा गरिएको थियो ।

तमु विद्यार्थी छोंज धीं गण्डकी प्रदेश अध्यक्ष नेहा गुरुङले भाषा संस्कृति संरक्षणको लागि हुलको अभिभाबक हरु सँग सदा साथ रहने प्रतबद्धता व्यक्त गरेका थिए। तमु विद्यार्थी छोंज धीं कास्की अध्यक्ष प्रचण्ड शक्ति गुरुङले हाम्रा अभिभाबक भएर हामीलाई हरबखत साथ सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि साथ दिनुहुने नै छ र हामी पनि सदा साथ रहने प्रतिबध्दता व्यक्त गरेका थिए ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की सचिव आश बहादुर गुरुङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष इन्द्र बहादुर गुरुङले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। नव निर्वाचित तमु विद्यार्थी छोंज कार्यसमितिलाई कृगी प्रो खदाले सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रम तमु ह्युला छोंज धि कास्कीका अध्यक्ष सीता गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Advertisment