पोखरा ,११ कार्तिक । जिल्ला समन्वय समिती कास्की, अन्नपूर्ण गाउँपालिका कास्की र सडक डिभिजन कार्यलय पोखराको टोलिद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.- ८ र पर्बत जिल्लाको मोदि गाउपालिका वडा नं.- १ जोड्ने भुरुङ्दी खोला पूल आयोजनाको स्थलगत अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल , अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष बिष्णु बहादुर के सि , कास्कीका समन्वय अधिकारी नवराज बराल ,सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बाँस्तोला सहित प्राबिधिक इन्जिनियर ,निर्माण व्यवसायी सम्मिलित टोलिले अनुगमन गरेको हो।
सडक डिभिजन कार्यालय बागलुङ मातहतमा करिब ९ बर्ष अगाडि सम्झौता भए पनि हालसम्म करिब चालीस प्रतिशत काम समेत सम्पन्न हुन सकेको छैन।
भर्खरै सडक डिभिजन कार्यालय कास्कीको मातहतमा हस्तान्तरण भए लगत्तै निर्माण कार्य अगाडि बढाउन पहल कदमस्वरूप सो अनुगमन गरिएको र छठ पर्व लगत्तै समन्वय बैठक मार्फत समाधानको उपाय खोजेर तत्काल निर्माण कार्य अगाडि बढाउने निर्णय भएको छ ।
खोलाका निर्माण पूरा गर्ने लक्ष्यमा मृत सन्जिबनी निर्माण कम्पनीले निर्माण कार्य शुरु गरेर हाल निर्माण कार्य प्राय ठप्प सो पूल सडक सडक डिभिजन कार्यालय बागलुङमा २०७२- ८-८मा सम्झौता भएर साढे दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि हाल सम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।
४० मिटर लम्बाइको दुई लेनको सो पूलको कुल लागत अनुमान ८ करोड ८८ लाख र ६ करोड मा निर्माण सम्झौता भएको सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बास्तोलाले जानकारी दिए।
कास्की र पर्वत जोड्ने भुरुङ्दी खोला पुल अलपत्र, निर्माण सुचारू गराउन पहल
October 28, 2024
278

Advertisment