संसदिय समितीको सिफारिसका सहकारी ठगीमा संलग्नलाई कारबाही हुन्छ : सञ्चारमन्त्री

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताउनुभएको छ ।

blog

लमजुङको सुन्दरबजारमा शुक्रबार १० औं सुन्दर बजारमा ।

लमजुङको सुन्दर बजारमा शुक्रबार १० औं सुन्दर बजार महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले सहकारी ठगीमा संलग्न जुनसुकै दलका भए पनि कारबाही हुने बताउनुभएको हो।ठगीमा संलग्नलाई कारबाही गर्दै  पीडितलाई न्याय दिने बताउनुभयो।“सहकारी ठगीमा संलग्न काँग्रेस एमालेलाई कारबाही भएको छैन, खाली रास्वपाका सभापति रवि लामिछानेलाई समातेको छ।खेदेको छ, घेरेको छ भन्नेकुरा तपाईंहरुको भ्रम मात्र हो”, मन्त्री गुरुङले भन्नुभयो, “संकटग्रस्त २२ वटा सहकारीको छानबिनका लागि माननीय सूर्य थापा नेतृत्वको सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समितिले अभियोजन गरेका, कारबाहिका लागि किटान गरेका सबैलाई कारबाही हुन्छ, ढिलोचाँडो मात्र हो ।”

मन्त्री गुरुङले सहकारीका विषयमा न्यायिक निकायमा गएको मुद्दालाई नाराजुलुस र हुलदंङ्गा गरेर प्रभावित नपार्न सबैलाई आग्रह गर्नुभयो।उहाँले छ हजार बढी सहकारी पीडितले बचत फिर्ता पाइसकोको र पीडितले छिटो न्याय पाउन भन्नका लागि अधिकार सम्पन्न सहकारी प्राधिकारण गठन गरेको बताउनुभयो।

उहाँले नागरिकको सेवालाई प्रभावकारी बनाउन, उद्योगी व्यवसायीलाई व्यापार व्यवसायको वातावरण बनाउन, सुशासन कायम गर्न, भूमि तथा वन सम्बन्धीसहितका १३ वटा पुराना ऐन संशोधन गरेर चारवटा विधयक ल्याएको बताउनुभयो।

मन्त्री गुरुङले अबको दिनमा यहाँको कृषि, पर्यटन, स्वास्थ्य, उद्योग व्यवसाय, शिक्षा, प्रशासन, आदि क्षेत्रमा एआईको प्रयोगको लागि ऐन बनाउन लागिएको बताउनुभयो।

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ 

सञ्चारमन्त्री गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताउनुभएको छ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङले प्रष्ट पार्नुभयो। उहाँले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेकाले बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताउनुभयो।

वर्तमान सरकारले विकासको जग बसालिसकेकाले अब विस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उहाँको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले महोत्सवले जिल्लाको आर्थिक विकासका लागि टेवा पुग्ने बताउनुभयो।शुक्रबारदेखि सञ्चालन भएको महोत्सव १० दिनसम्म सञ्चालन हुने र करिब दुई करोडको आर्थिक कारोबार हुने आयोजक समितिका संयोजक आनन्द श्रेष्ठले जानकारी दिनुभयो।

Advertisment