न्यूयोर्क । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व राष्ट्रियसभा सदस्य तथा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा एक भव्य तथा अर्थपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। 
न्यूयोर्कको मुख्य सहर ज्याक्सनहाईटमा भएको उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको अध्यक्षतामा र महासचिव मूनिन्द्र नेम्वाङको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रमको स्वागत मन्तव्य नेपाली जनसम्पर्क समिति न्यूयोर्क–लङ्ग आइल्याण्डका सभापति विश्वराज वास्तोलाले राख्नुभएको थियो।
सो अवसरमा नेपाली कांग्रेस वाग्लुंगका नेता एवं महाधिवेशन प्रतिनिधि शिंहवहादुर राना,
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष शिव बहादुर वानियाँ, स्याङ्जा समाज तथा जय नेपाल फाउन्डेसन न्यूयोर्कका अध्यक्ष दिन दयाल भण्डारी, पोखरा समाजका अध्यक्ष किशोर रेग्मी, हेम्जा समाज न्यूयोर्कका
अध्यक्ष ध्रुव पौडेल, जनसम्पर्क समिति न्यूयोर्ककी उपसभापति कमला पन्त, युवा नेता निरज केसी र शुभास केसी, एनआरएनए न्यूयोर्कका उपसभापति लक्ष्मी थापा, सचिव राजु तामाङ, पूर्व सचिव वासु लामिछाने
लगायतले नेता शर्माको स्वागत गर्दै उहाँको दीर्घ राजनीतिक अनुभव, संगठनात्मक भूमिका र कांग्रेस पार्टीप्रतिको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्रराज शर्माले प्रजातन्रको विकल्प प्रजातन्रनै नै भएको स्पष्ट गर्दै नेपाली कांग्रेसभित्र युवाहरूलाई आकर्षित गर्ने र प्रेरित गर्ने योजनाहरूको खाँचो औंल्याउनुभयो।शर्माले भन्नु भयो कांग्रेस कमजोर हुदा कम्निस्ट हरुले अवसर पाएका छन् ।
हरेक समस्याको समाधान आपसि सम्वाद छलफल र वार्ता हो मिलेर काम गर्नुस अमेरिकामा रहेको सागठनिक विवाद प्रति शर्माले ईंगित गर्नु भयो ।
पार्टीमा निष्ठापूर्वक लाग्ने कार्यकर्ताहरूको सम्मान र प्रोत्साहन जरुरी रहेको बताउँदै उहाँले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। विदेशस्थित कांग्रेसका संगठनहरूलाई सबल र प्रभावकारी बनाउन आवधिक अधिवेशन अपरिहार्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीति गर्नेहरूले शुद्ध आचरण र नैतिक चरित्रको विकास गर्नुपर्छ। असन्तुष्टि पार्टीभित्र छलफल गरी समाधान खोज्नुपर्छ, सडकमा पोखेर लाभ हुँदैन। कांग्रेस कमजोर भए हामी सबै कमजोर हुन्छौं।”
नेता शर्माले विदेशमा बसेर पनि नेपाली धर्म, संस्कृति र पहिचान जोगाउँदै आइरहेको प्रवासी समुदायको प्रयासप्रति प्रसंसा प्रकट गर्दै नेपालमा लगानी गर्न अनुकूल वातावरण सिर्जना गर्न राज्य जिम्मेवार हुनुपर्नेमा पनि जोड दिनुभयो।
हिजै न्यूयोर्कमा रहेका विभिन्न संघ–संस्थाका अध्यक्षहरू तथा सामाजिक अगुवाहरूले नेता शर्मासँग छुट्टै भेटघाट तथा डिनर कार्यक्रम आयोजना गरेका थिए।
भेटघाटमा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि श्यामकाजी गुरुङ, गोरखाका नेता बुद्धिप्रसाद श्रेष्ठ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष शिव बहादुर वानियाँ, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज थकोर, धादिङ समाज अमेरिकाका अध्यक्ष टकबहादुर रुवाली, स्याङ्जा समाज न्यूयोर्कका अध्यक्ष दिनेश भण्डारी, पोखरा समाजका अध्यक्ष किशोर रेग्मी, समाजसेवी कृष्ण पौडेललगायतको उपस्थिति रहेको थियो । 
(सामुहिक डिनरको तस्वीर)
उक्त अवसरमा सहभागी सबैले नेता शर्माको न्यूयोर्क भ्रमण सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
प्राप्त जानकारीअनुसार नेता शर्मा आजै टेक्सास प्रस्थान गर्नुहुनेछ
भने आगामी शनिबार नेपाल फर्किनुहुने कार्यक्रम रहेको छ ।


