पोखरा, नेपाली काँग्रेसको भात्री संस्था नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघको २८ औं स्थापना दिवस बिबिध कार्यक्रमका साथ मनाउने क्रममा महासंघको गण्डकी प्रदेश समितिले वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ।
पोखरा महानगरपालिका वडा नं- १८ ग्यारजातीस्थित राष्ट्रिय बिभुति तथा शहिद पार्कको परिसरमा विभिन्न जातका करिब एक सय बिस वटा बिरुवा रोपेर महासंघको स्थापना दिवस मनाइएको महासंघका गण्डकी प्रदेश समितीका अध्यक्ष जित बहादुर गुरुङले जानकारी दिनुभएको छ । बेल, अमला, निमपत्ता, बाँस सहित विभिन्न जातका फलफूलका बिरुवा समेत रोपिएको बहांको भनाई छ।

नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघको कास्की जिल्ला समितिसंगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष जितबहादुर गुरुंगले युनाईटेड खबरलाई जानकारी दिनुभयो। “आदिबासी जनजातिको अधिकार, लोकतन्त्रको सान, जंगल जमिनको सम्मान, हाम्रो मान” भन्ने नारा सहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको वहांले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुंदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले जनजाती महासंघले स्थापना दिवसमा गरिएका रचनात्मक कार्यक्रमले पार्टीलाई खुशी लागेको बताउनुहुंदै बरालले कांग्रेसका भात्री र शुभेच्छुक संस्थाहरुको सक्रियता बढेमा संगठन बलियो हुने भएकोले पार्टी र सम्बन्धित संस्थाको जिम्मेवारीमा रहेकाहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
महासंघका गण्डकी प्रदेश अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका कार्यबाहक सभापति कल्पना तिवारी, जनजाती महासंघका केन्द्रीय सदस्य खेम गुरुङ, नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य सिता गुरुङ, कास्की जिल्ला सभापति किशोर बराल, जनजाती महासंघका कास्की जिल्ला अध्यक्ष आशबहादुर गुरुङ लगायतले स्थापना दिवसको अबसरमा शुभकामना ब्यक्त गरिएको थियो । कार्यक्रमको संचालन गण्डकी प्रदेशका सहप्रबक्ता तोत्रमान गुरुङले गर्नुभएको थियो ।
वि.सं २०५५ सालको साउन २ गते सूर्यमान गुरुङको अध्यक्षतामा स्थापना गरिएको नेपाल आदिवासी जनजाति संघको विधान २०७९ मा संशोधन गरिएपछि नेपाल आदिवासी जनजाति संघको सांगठनिक संरचना परिवर्तन गरिएको थियो त्यसपछि आदिबासी जनजाती संघलाई महासंघको संरचनामा परिबर्तन गरिएको हो । महासंघको संरचनामा गएपनि संघ स्थापना भएको दिन साउन २ गते स्थापना दिवस मनाउने गरिएको छ ।





