राष्ट्रपति पौडेलद्दारा राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालय अवलोकन

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गर्न जानुभएको हो । उहाँलाई पुरातत्त्व विभागका महानिर्देशक साैभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गर्नुभएकाे थियाे भने नेपाली सेनाकाे सैनिक संग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गर्नुभएकाे थियाे । सैनिक संग्राहलयमा संग्रहलय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराउनुभएकाे थियाे । त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisment