आर्वा रतन पाण्डे मन्दिरमा भब्य पुजा सम्पन्न

पोखरा । पोखरा महानगपालिका वडा नं १३ आर्बामा आज स्थानीयले रतन पाण्डे मन्दिरमा पुजा  गरेका छन् ।
हरेक वर्ष वर्षातको समयमा र वर्षात सकिएपछि हिउँदमा धान लगायतका खेती भित्राएपछि यहाँस्थित रतन पाण्डे मन्दिरमा वर्षको दुई पटक पूजा गर्ने चलन रही आएको छ ।


रतन पाण्डे मन्दिर यहाँको विशिष्ट धार्मिक महत्वको स्थल रहेको समाजसेवी एवम् स्थानिय बरिष्ठ पत्रकार शिरोमणि बरालले जानकारी दिएका छन ।
बरालका अनुसार रतन पाण्डे मन्दिरमा प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा यहाँका स्थानीयले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । रतन पाण्डेको पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्रचलन प्राचीन समयदेखि रहिआएको उनले बताए  ।
रतन पाण्डेको सेवा गर्नले आर्वाविजय, कुँडहर फाँट, ढाँड बेसी लगायत क्षेत्र र यहाँका स्थानीयको रक्षा हुने विश्वास लिइएको समेत बरालले जानकारी दिए ।
रतन पाण्डेलाई वायुका राजाका रूपमा लिने गरिएको बताउँदै उनले यहाँ अत्यन्त निष्ठापूर्वका पूजाआजासँगै तयार गरिएको प्रसाद मन्दिर परिसरमा बसेर धारण गर्नुपर्ने, घरमा लैजान नहुने लगायत विधि र प्रक्रियाहरू रहेको समेत प्रष्ट पारेकाछन ।

Advertisment