गत माघ २६ गते आइतबार साँझ चुनावी अभियान र नागरिक भेटघाटका क्रममा पोखरा ११ फुलबारीमा लडेर घाइते भएका बाँस्तोलाको बायाँ हातको नाडी माथिको हड्डी (रेडियस) भाँचिएको थियो । घाइते भएलगत्तै उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका निर्देशक प्राडा अभिषेक मास्केका अनुसार माघ २६ गते नै उनको हातको सफल शल्यक्रिया गरिएको थियो । ५ दिनको नियमित उपचार र चिकित्सकको निगरानीपछि बास्तोलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
बास्तोलाले आफ्नो संकल्प र राजनीतिक प्रतिबद्धतालाई शरीरमा लागेको चोटले कमजोर नबनाएको बताउंदै अब चिकित्सकको सल्लाह अनुसार आवश्यक उपचार र विश्रामपछि अझ दृढ आत्मविश्वासका साथ निर्वाचन अभियानमा फर्किने प्रतिबद्धता ब्यक्त गरे । बास्तोलाले आफूलाई माया र हौसला दिने मतदाता, पार्टीका नेता, कार्यकर्ता र परिवारप्रति आभार समेत प्रकट गरेका छन् ।
सचिवालयका अनुसार बास्तोला शनिबारदेखि कास्की निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा आयोजना हुने घरदैलो र चुनावी सभाहरूमा सहभागी हुनेछन् । उनी घाइते भएपछि पनि उनका प्रतिनिधि र कार्यकर्ताहरूले चुनावी अभियानलाई निरन्तरता दिएका थिए । यसै क्रममा कास्की -२ अन्तर्गत पर्ने पोखरा महानगरपालिका -३३ मा पनि नेपाली काँग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको छ।
उमेद्वार बाँस्तोलाको अनुपस्थिति रहेपनि कांग्रेसका अन्य नेताहरु सहित स्थानीय कार्यकर्ता र सर्बसाधारणको उल्लेखनीय उपस्थितिमा उक्त कार्यालयको उद्घाटन गरिएको पोखरा महानगरपालिकाका सचिब टुकराज बास्तोलाले जानकारी दिएकाछन् । फोटो : बिश्व बास्तोलाको वालबाट



