‘कन्चन पत्रकारिता पुरस्कार’ पत्रकार खेम सारु र जिटी लाई प्रदान

पोखरा, साउन २१ । पोखराका अग्रणी ब्यवसायी वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा वहांका परिवारद्दारा स्थापित ‘कन्चन पत्रकारिता पुरस्कार २०८३ बुधबार प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवसको अवसरमा पोखरामा एक विशेष समारोहका बीच ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ अर्पण गरिएको छ। फोनिज गण्डकी प्रदेश समितिद्वारा आयोजित कार्यक्रम सुईखेत रिभर भ्याली रिसोर्ट, पोखरा-२५ हेम्जामा सम्पन्न भएको हो।
कार्यक्रममा कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल जिटीलाई ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ बाट संयुक्त रूपमा सम्मानित तथा पुरस्कृत गरियो।
उक्त पुरस्कार व्यवसायी एवं समाजसेवी विमलमान गुभाजू तथा उहाँको परिवारद्वारा आफ्ना पूज्य पिता स्व. वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै समावेशी सञ्चार र निष्पक्ष पत्रकारितामा फोनिजको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो।

फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कृत ब्यक्तित्वहरुका बारेमा छनौट समितीका संयोजक शान्ति गुरुडले जानकारी दिनुभएको थियो । भने कार्यक्रम सन्चालन सचिब सुरज थापा मगर र पुरस्कृत हुनुभएका खेम सारु र गोपाल जिटी लगायतले मन्तब्य दिएका थिए ।

“समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ सम्पन्न उक्त समारोहमा फोनिज गण्डकी प्रदेशका पदाधिकारी, अग्रज पत्रकार, समाजसेवी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Advertisment