काठमाडौँ। गृहमन्त्री सुदन गुरुङसँग नेपालका लागी अमेरिकी कार्यवाहक राजदूत (Chargé d’Affaires, a.i.) मेगन बोल्डिनले आज दिउँसो शिष्टाचार भेट गर्नुभएको छ। 
भेटका क्रममा विपद् व्यवस्थापन तथा प्रतिकार्यमा नेपाल र अमेरिकाबीचको सहकार्यका बिषयमा कुराकानी भएको बताईन्छ । गत अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली र अमेरिकी नागरिकहरूको पहिचान तथा खोजतलासका लागि भइरहेका प्रयासबारे पनि छलफल भएको थियो। 
अमेरिकाले बाढीपछि ३ करोड ६० लाख डलर भन्दा बढीको राहत सहयोग प्रदान गरिएको, अमेरिकी उपकरण, प्रविधि र विशेषज्ञताका माध्यमबाट नेपालका उद्धारकर्मीहरूलाई सहयोग पुर्याउँदै समुदायको पुनर्स्थापनामा हातेमालो भइरहेको जानकारी समेत प्छराप्त भएको छ । Photo -us embassy ktm fb page




