युनाईटेड खबर, पोखरा । नेपाली कांग्रेस बिधिवत रुपमा तल्लो तह सम्मै बिभाजन गराउने क्रम जारी रहेको छ । केही दिन अघि गगन थापा पक्षले महाधिवेशन सम्पन्न गरिसकेको छ भने देउवा पक्ष नेपाली कांग्रेसको स्थानिय तहका अधिवेशन चलिरहेको छ ।
गगन थापा पक्षको महाधिवेशन प्रतिनिधी चयन गर्दा पार्टीमा लागेर जवानी अर्पण गरेका, पार्टीले आह्वान गर्दा हरेक जनआन्दोलनमा सकृय रहेका,आम निर्वाचन, प्रदेश निर्वाचन, स्थानिय तहको निर्वाचनमा दु:ख गरेका, पुराना नेताहरु लाई (दुबै गुटका नेता मिलेरै) निर्वाचनको नाउंमा गम्भीर षडयन्त्र गरि पाखा लगाईएको थियो । तर नेपाली कांग्रेसको देउवा पक्षले भने महाधिवेशन प्रतिनिधी चयन गर्दा कास्कीको क्षेत्र न. ३ मा नेपाली काँग्रेसका पुराना नेताहरु सहित बिभिन्न क्लष्टरबाट बिभिन्न व्यक्तित्वहरु खोजी खोजी महाधिबेशन प्रतिनिधिमा निर्बिरोध रुपमा चयन गरिएको देउवा पक्षका क्षेत्रिय सभापति पदम बस्ताकोटीले जानकारी दिनुभएको छ । वहांका अनुसार कांग्रेसमा रहेर लामो समय संघर्ष गरेका व्यक्तित्वहरु सहित नवयुवालाई ससम्मान महाधिबेशन प्रतिनिधि चयन गरिएको बताउनुभयो ।
कास्की क्षेत्र न.३ बाट खुल्ला तर्फको क्लष्टरमा महाधिबेशन प्रतिनिधि चयन हुनुभएकाहरुमा पुर्व राज्यमन्त्री महादेव गुरुङ, कांग्रेसका पुराना नेता दुर्गाप्रसाद तिमिल्सिना, कास्की कांग्रेसका पुर्व उपसभापति पोषनाथ शर्मा, नेपाल तरुण दलका पुर्व केन्द्रीय सदस्य मुक्तिराम अधिकारी र पोखराका अग्रज पर्यटन ब्यबसायी गणेश बहादुर भट्टराई हुनुहुन्छ ।
खुल्ला तर्फको क्लष्टरबाट महाधिबेशन प्रतिनिधिमा निर्बिरोध चयन हुने अन्यमा नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागका पुर्ब सदस्य एबम कास्कीका पुर्व जिल्ला सदस्य गंगाधर पराजुली, कांग्रेसका पुराना नेता टिका बहादुर गुरुङ, नेपाली काँग्रेस अन्नपुर्ण गाउँपालिकाका निबर्तमान सभापति मनपती भण्डारी, नेविसंघका पुर्व केन्द्रिय सदस्य डा. गोबिन्द बहादुर लामिछाने र दिपेन्द्र पौडेल दिपक रहनुभएको छ ।
महिलातर्फको खुल्ला क्लष्टरबाट तारा तिमिल्सिना, मन्दरा ढकाल, नारायणी कुँवर र शर्मिला खड्का अपांग तर्फबाट कृष्णप्रसाद ढुंगाना, १८ देखि २८ बर्ष उमेर समुहको क्लष्टरमा बिपिन पौडेल र गरिमा दवाडी, ४० बर्ष मुनिका युवामा जयप्रकाश थापा ‘पप्पु’ र कृष्ण कुमारी अधिकारी पोखरेल, प्रजातन्त्र सेनानीतर्फ मनहरी सुबेदी र टेकप्रसाद अधिकारी महाधिबेशन प्रतिनिधि चयन भएको छ ।
यसैगरी श्रमिक, किसान र पेशागत तर्फबाट अधिबक्ता बिरेन्द्र केसी, बाबुराम बालाकोटी, ई. बिश्वास आचार्य, र देबिप्रसाद अधिकारी महाधिबेशन प्रतिनिधिमा चयन भएका छन भने समाबेशी तर्फबाट तुलबहादुर भुजेल, अशोक भट्टचन, शिब बानिया, अधिबक्ता दुर्गा प्रसाद कोइराला, राधा गौतम (पद्मा), अधिबक्ता राजुराज अधिकारी, राजेन्द्ररमण पराजुली, लक्ष्मण पहारी (लक्की) र सनकमान सिके पनि महाधिबेशन प्रतिनिधि चयन भएको देउवा पक्षका कांग्रेस पार्टीले जनाएको छ।
यसबाहेक पार्टीको कास्की -३ को क्षेत्रिय सभापति पदम बस्ताकोटी, माछापुच्छ्रे गाउँपालिकाका सभापति माधव आचार्य र अन्नपुर्ण गाउँपालिकाका सभापति भरत केसी पनि पदेन महाधिबेशन प्रतिनिधि चयन हुनुभएको छ । उक्त क्षेत्र अन्तर्गतका दुई प्रदेश निर्बाचन क्षेत्रका सभापतिहरु पोषराज पौडेल शर्मा र दिपेन्द्र लामिछाने पनि पदेन महाधिबेशन प्रतिनिधि बनेका छन।देउवा पक्ष कांग्रेस पार्टीले गरेको पछिल्लो ब्यबस्थामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाको मेयर, उपमेयर एबम प्रदेश सभा र प्रतिनिधि सभामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाइ पनि पदेन महाधिबेशन प्रतिनिधि बनाउने ब्यबस्था गरिएको छ।
सोही ब्यबस्था अनुसार कास्की क्षेत्र न. ३ बाट प्रदेश संसदमा निर्बाचित प्रकाश बराल र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा निर्बाचित मिनबहादुर गुरुङ र उपाध्यक्षमा निर्बाचित सिता अधिकारी पदेन महाधिबेशन प्रतिनिधि बन्ने भएपनि प्रदेश सासदं बराल यस अगाडी सम्पन्न गगन थापा नेतृत्वको कांग्रेसको क्षेत्रिय सभापतिमा निर्बाचित भैसकेको र गुरुङ र अधिकारी पनि महाधिबेशन प्रतिनिधि चयन भैसकेकोले वहांहरु भने देउवा पक्षको महाधिबेशनमा सहभागी नहुने निश्चित छ। महाधिवेशन




