फेवा शिक्षा सदनमा दिक्षान्त समारोह (फोटो फिचर)

चैत्र २२, पोखरा । पोखराको गणेशटोल स्थित फेवा शिक्षा सदनका ५० जना विद्यार्थी दिक्षित भएका छन् । विद्यालयले शनिबार दिक्षान्त समारोहको आयोजना गरेर कक्षा यूकेजीका विद्यार्थीलाई दिक्षित गरेको हो ।

विद्यालयका प्राचार्य अचुत पाण्डे र इसिइसि पोखरा निर्देशक प्रदिप पराजुलीले कार्यक्रमका उद्घाटन गरेका हुन् । विद्यालयका प्राचार्य अचुत पाण्डेले विद्यालयले न्युन शुल्कमा मन्टेश्वरी स्तरको पढाइ सञ्चालन गरेको उल्लेख गरे ।

बाबुनानीहरुले मनोरञ्जतात्मक तरिकाले खेल्दै पढ्दै गर्दा पढाइ सँगसँगै अन्यकुराहरु पनि सिक्ने गेरको उनले बताए ।

यस्तो अवधारणाबाट बाबुनानीहरुको शारीरिक र मानसिक विकासमा सहयोग पुगेको उनको भनाइ छ । इसिइसि पोखराका निर्दैशक पराजुलीले वातावरणले बाबुनानीहरुले पढ्ने र सिक्ने प्रकृयामा असर पर्ने भएकाले फेवा शिक्षा सदनमा बालमैत्री वातावरण रहेको उल्लेख गरे ।

विद्यालयका सहप्राचार्य प्रमोद पाण्डेले विद्यालयले विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्न लागि परेको जिकिर गरे ।

Advertisment