लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन असोजभित्र, शेरचनलाई नै कमाण्ड

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ को केन्द्रीय महाधिवेशन आगामी असोज मसान्तभित्र सम्पन्न हुने भएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई पत्र थमाउँदै बाँकी रहेका अधिवेशनहरू सम्पन्न गरी केन्द्रीय महाधिवेशन गराउने जिम्मेवारी दिएका हुन्।

यसअघि २०८२ असोजमा तय भएको महाधिवेशन ‘जेनजी’ (Gen Z) पुस्ताको विद्रोहका कारण प्रभावित भएको थियो। त्यसपछि कांग्रेस केन्द्रीय कार्यसमितिले भ्रातृ संस्थाहरू विघटन गर्दा खेलकुद संघको महाधिवेशन प्रक्रिया रोकिएको थियो।

महामन्त्री पौडेलले असार २२ गते पत्र काट्दै तोकिएको समयावधिभित्रै सम्पूर्ण सांगठनिक प्रक्रिया र अधिवेशनहरू पूरा गर्न निर्देशन दिएका छन्। केन्द्रको पत्र प्राप्त भएसँगै अब महाधिवेशनको प्रक्रिया तत्कालै सुरु गरिने अध्यक्ष शेरचनले जानकारी दिए।

Advertisment