हङकङमा मिलेको उपहार मृगौलापीडितलाई: नेता मनोज गुरुङद्वारा १ लाख १५ हजार सहयोग

युनाईटेड खबर समाचारदाता

श्रावण १७, पोखरा । नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं. ३ का क्षेत्रीय सभापति एवं गत निर्वाचनमा संघीय सांसद उम्मेदवार मनोज गुरुङले हङकङ भ्रमणका क्रममा आफन्त र शुभचिन्तकहरूबाट उपहारस्वरूप प्राप्त रकम मृगौलापीडितको उपचारमा सहयोग गरेका छन् । गुरुङले कास्की अन्नपूर्ण गाउँपालिका–८ निवासी मृगौलापीडित मनबहादुर पटेलको उपचारका लागि नगद रु. १ लाख १५ हजार हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि व्यक्तिगत रूपमा ४० हजार रुपैयाँ सहयोग गरिसकेका गुरुङले हङकङमा प्राप्त मायालाई मानवीय कार्यमा लगाउन पाउँदा सन्तोष मिलेको बताएका छन् ।

यसैगरी, अन्नपूर्ण–८ की कार्यवाहक अध्यक्ष गौमाया नेपाली, पूर्व जनप्रतिनिधि टेकबहादुर गुरुङ र काङ्ग्रेस गाउँपालिका कावा सभापति सुशील भट्टचनले संयुक्त रूपमा थप १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

आर्थिक संकटमा पटेल परिवार

१० महिनादेखि मृगौलाको गम्भीर समस्या झेल्दै आएका पटेलको हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । कोरोना महामारीका बेला आमाले दिएको मृगौला संक्रमणका कारण काम नगर्ने भएपछि अहिले दोस्रो पटक उनकी पत्नी चन्द्रमायाले मृगौला दान गर्ने तयारी गरिरहेकी छन् ।

उपचारका क्रममा हालसम्म १२ देखि १५ लाख रुपैयाँ खर्च भइसकेको र परिवार गम्भीर आर्थिक संकटमा परेकाले पीडितको ज्यान बचाउनका लागि सक्दो सहयोग गरिदिन नेता गुरुङले सबैसँग अपिल समेत गरेका छन् ।

congress help~use it

आफन्त र शुभचिन्तकहरूबाट नेपाली काँग्रेसको जनसम्पर्क समिति, दाङसिङ समाज, घान्द्रुक समाज, बगर समाज, दीप समाज, तान्चोक समाज सहित विभिन्न व्यक्तिहरुले स्वागत तथा सम्मान गरिएको थियो ।

 

Advertisment