यान्सरका बिरामीलाई किष्ट क्यान्सर सेन्टरको उपहार: निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा सुरु

ललितपुर, २७ असोज । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट क्यान्सर सेन्टरले प्यालिएटिभ केयर सेवाको एक वर्ष पूरा भएको अवसर तथा स्तन क्यान्सर सचेतना महिना ‘पिंक अक्टोबर’ को सन्दर्भमा क्यान्सरका बिरामीका लागि विशेष सहुलियतको घोषणा गरेको छ। आर्थिक रूपमा विपन्न तथा भौगोलिक कठिनाइमा रहेका बिरामीलाई लक्षित गरी अस्पतालले अक्टोबर १२ देखि ३१, २०२६ सम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको हो।

यसै अवसरमा अस्पतालले क्यान्सर जित्न सफल व्यक्तिहरू र चिकित्सकहरूको सहभागितामा ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रम आयोजना गरी गुलाबी मैनबत्ती प्रज्वलनसमेत गरेको छ। ‘हरेक मैनबत्तीमा एउटा कथा, हरेक कथामा आशा’ भन्ने सन्देशका साथ आयोजित सो कार्यक्रमले क्यान्सरविरुद्धको संघर्ष, साहस र ऐक्यबद्धतालाई सम्मान गरेको छ।

प्यालिएटिभ केयर सेवामार्फत गम्भीर रोगबाट पीडित बिरामीको शारीरिक पीडा व्यवस्थापन गर्दै जीवनको गुणस्तर सुधार गर्न अस्पताल प्रतिवद्ध रहेको जनाइएको छ। साथै, पिंक अक्टोबरको सन्दर्भमा अस्पतालले सर्वसाधारणलाई समयमै क्यान्सर परीक्षण गराउन, सचेतना फैलाउन र बिरामीहरूप्रति संवेदनशील बन्न आह्वान गरेको छ।

Advertisment