आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिप लामिछाने, दिल्लीले कतिमा किन्यो लामिछानेलाई ?

 

काठमाडौँ १४ माघ ।

नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आइपियल खेल्ने निश्चित भएको छ ।

उनलाई आइपिएलको बोलकबोलमा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेको छ । शनिबारबाट शुरु भएको अक्सनमा आइतबार सन्दीपलाई दिल्लीले खरिद गरेको हो । उनी आइपिएलमा खेल्न पाउने पहिलो नेपाली हुनेछन् । १७ वर्षीय सन्दीप स्पिनर हुन् ।

यस बीच राजस्थान रोयल्सले भारतीय टीमका खेलाडी जयदेव उनादकटलाई ११.५ करोड रुपैयाँमा भित्र्याएको छ । जो यो सिजनको कुनै पनि भारतीय खेलाडी माथि लगाइएको सबैभन्दा ठूलो बोली हो । उनादकट भन्दा पहिला मनिष पाण्डे र एल राहुलमाथि सवैभन्दा धेरै पैसा लगाइएको थियो । २५ वर्षका उनादकट तिब्र गतिका बलर हुन् । गत वर्ष उनलाई पुणेले ३० लाख रुपैयामा किनेको थियो । आइपिएल क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता हो। सन्दिप आइपिएलमा पर्ने पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली सार्वजनिक हुदा सन्दिप २ सय ७६ नम्बरमा परेका थिए। सन्दिपको मुल्य २० लाख भारतीय रुपैया राखिएको थियो।

Advertisment