प्रदेश ४ मा आर्थीक कार्यविधी सम्बन्धि शंसोधन विधेयक समितिको प्रतिवेदन संसदमा पेश

 

भुपाल गुरुङ,
पोखरा, ५ चैत्र ।

प्रदेश ४ को आर्थीक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सम्बन्धि विधायन समितिको प्रतिवेदन सदनमा पेश भएको छ ।

सोमबार बसेको संसद बैठकमा समितिका जेष्ठ सदस्य मोहन पं्रसाद रेग्मीले प्रदेश सभा नियमावलीको नियम १ सय १९ बमोजिम उक्त प्रतिवेदन संसदमा पेश गर्नुभएको हो । सांसद बैठक बस्नु पुर्व बसेको समितिको बैठकले विधेयक माथी दफावत छलफल गरि विधेयकलाई संशोधन गर्न सांसदमा पेश गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित विधेयकमा नेपालको संविधानको धारा ५९, ६० र २१३ बमोजिम प्रदेश ४ सभाले यो ऐन बनाएको छ, प्रदेशसभा, प्रदेश ४ को पहिलो अधिवेशनबाट यो ऐन बनाएको छ भन्ने शब्द हटाएर नेपालको संविधान बमोजिम प्रदेश सभा प्रदेश ४ को पहिलो अधिवेशनबाट प्रदेश सभाले यो ऐन बनाएको छ भन्ने वाक्याशहरु तथा दफा ६३ पछाडि दफा प्रदेश थपी कार्यविधि र निर्देशिका बनाउने अधिकार यो ऐन उद्देश्य कार्यन्वयनको लागि प्रदेशले आवश्यक कार्यविधि र निर्देशिका बनाउन सक्नेछ भन्ने प्रावधान राख्नुपर्ने सुझाव दिइएको छ ।

करिव ४ मिनेट मात्र बसेको सोमबारको संसद बैठकले एउटा मात्र कार्यसुचि पाएको थियो । प्रदेश ४ संसदको अर्को बैठक मंगलबार दिउसो ३ बजे बस्ने छ ।

Advertisment