पोखरामा शहिद हरिप्रसाद गुरुङको १०२ औँ जन्मजयन्ती मनायो

भुपाल गुरुङ,
पोखरा १२ बैशाख ।

पोखरामा शहिद हरिप्रसाद गुरुङको १ सय २ औँ जन्मजयन्तीको मनाएको छ ।

विंस २०१७ सालमा पञ्चायती शासन विरुद्वको आन्दोलनमा शाहि सरकारबाट भारतपुरमा जिउँदै गाडेर हत्या गरिएका गुरुङको जन्मजयन्तीमा शहिद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानले पोखरामा एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

जन्मजयन्तीको अवसरमा शहिद हरिप्रसाद गुरुङको पोखरा–१ हरिचोकमा रहेको शालिकमा आफन्त, परिवार, काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकहरूले माल्यार्पण गरेका थिए । आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यले शहिदलाई सम्मान गर्न नसकेको गुनासो गरेका थिए । देश र जनताका लागि ज्यान दिएका शहिदहरु प्रति सरकारले कुनै चासो नदिएको उनिहरुको गुनासो थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले लोकतान्त्रिक आन्दोलनमा गुरुङले पु¥याएको योगदानको चर्चा गर्दै उहाँलाई राष्ट्रिय सहिदको मान्यता दिनका लागि कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले देशमा दण्डहिनता बढेको बताउनुभयो । उहाँले भष्ट्रचार, बलात्कार गर्ने व्यक्तिहरु खुलेआम हिडिरहेको भन्दै राष्ट्रिय एकता भंग गर्न देशी तथा विदेशी तत्वहरु सक्रिया रहेको बताउनुभयो । पुर्वसभामुख समेत रहेका रानाभाटले शहिद गुरुङले नेपाली राजनितिमा दिएको योगदानको सरकारले कदर गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य विन्दादेवि रानाले अर्थमन्त्रीको श्वेतपत्रले जनतालाई निराशा बनाउने कार्य गरेको बताउनुभयो । उहाँले श्वेतपत्रले मुलुकको वास्ताविक वस्तुस्थितीलाई छलेको आरोप लगाउदै सरकार निर्माण भएको तिन महिना बित्दा समेत कुनै सुशासनको आभास पाउन नसकेको जिकिर गर्नुभयो । सांसद रानाले शहिदहरुले देखाएको बाटोलाई पार्टी र राज्यले अवलम्बन गर्न जोड दिनुभयो ।

कार्यक्रममा कास्की कांग्रेसका सभापति कृष्ण केसिले शहिदहरु कुनै पार्टी विशेष नहुने भन्दै देशका लागि योगदान दिने शहिदलाई राज्यले सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले शहिदका मार्गनिर्देश अवलम्बन गर्न नसके संघियता, लोकतन्त्र कमजोर हुने दावी गनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता, शुक्रराज शर्मा, राज बहादुर गुरुङ, शारदा पौडेल, खेमराज पौडेल लगायतले शहिद गुरुङ प्रति शब्दसुमन व्यक्त गरेका थिए । सहिद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष रुद्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाबहादुर गुरुङले स्वागत र कांग्रेस नेता आशबहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो ।

Advertisment