पोखरा,३१ भदौ । जिल्ला प्रहरी कास्कीले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउपर्नेहरुमा वडाअध्यक्ष बीरेन्द्र गुरुड, स्थानिय युवा नेताहरु बिपुल शर्मा र गणेश आचार्य रहेका छन ।
गत बुधबार काँग्रेस नेता खुशीमान गुरुङको नेतृत्वमा आएका कार्यकर्ताको टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेका कुर्ची तथा टेवल तोडफोड गरेको कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल दवाडीले आरोप लगाएकी थिईन् ।
आफुहरु बैठक बसिरहेको अवस्थामा लामो समय बाहिर कुराएको भन्दै बैठकपछि काँग्रेस कार्यकर्ता तोडफोडमा उत्रिएको दवाडीको आरोप छ ।
बैठक बसिरहेका बेला खुशीमान गुरुङ भेटन् आएको सूचना आयो । हामीले एकछिनमा समय दिउंला भनेको थियौं तर बैठकबाट निस्कनासाथ यस्तो घटना गराएको दवाडीको कथन छ ।
तत्कालिन एमालेबाट निर्बाचित दवाडीलाई नेता खुशिमान नेतृत्वटोलीबाट पटक पटक गाउंपालकिाले गरेका कामकारबाहीको माग गर्दा बेवास्ता गर्दै आएको कांग्रेसको आरोप छ । हामीले सुचनाको हक प्रयोग गरि सुचना माग्दा २ दिनमा दिन्छौ, एक हप्तामा दिन्छौ् भनी आलटाल गर्दै आएपछि आक्रोसित युवाले दुईवटा कुर्सी फोडेको कांग्रेसको स्वीकार छ । यता दवाडीले भने सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएकाले कानून कारवाहीको लागि प्रशासन गुहारिएको जनाएको छ ।
काँग्रेस नेता खुशीमान गुरुङले भने गोप्य राख्ने बाहेकका गाउँपालिकाले अहिलेसम्म गरेका निर्णयको लिखित सूचना एक हप्ता अघि माग गर्दा समेत प्राप्त नभएपछि गाउँपालिकामा जानकारी लिन जाँदा कुनै प्रतिक्रिया नदिई लामो समय हलमा कुराएकाले आक्रोशित युवाले दुई वटा कुर्ची तोडफोड गरेको बताए ।
आक्रोशित युवालाई आफैले सम्झाएको बताउँदै गुरुङले जनप्र्तिनिधि निर्वाचित भएर आएपछि जनताले गाउँपालिकाबाट के के काम भएको भन्ने बारेमा केही जानकारी नपाएको तथा उपभोक्ता समिति गठन गर्दा समेत एकलौटी रुपमा नेकपाका कार्यकर्तामात्र राखिएको, जनताको काममा ढिलासुस्ती गरेको, गाउंपालिकामा ब्यापक मात्रमा भ्रइट्रचार बढेको, काम भन्दा बढी बाहिर जानेमा बढि केन्द्रित रहेको गाउंबासीबाट ब्यापक गुनासो आएपछि जिम्मेवार प्रतिपक्षीको हैसियतमा सुचना मागेको कांग्रेसको भनाई छ ।
सामान्य क्षति भई त्यतिबेलै मिलाईसकेको विषय अहिले उठाउनुको औचित्य नभएको कांग्रसको भनाई छ । यता नेपाली कांग्रेस कास्की भने यस घटनालाई लिएर आफ्नो रणनिति बनाउन अहिले बैठक बसिरहेको बताइन्छ । भरसक समधmदारीमा अघि बढ्ने तर प्रशासनले पेल्न खोजे सोही अनुसारको कार्यक्रम ल्याउने तयारी गरिरहेको कास्की कांग्रेस स्रोतले युनाइटेड खबरलाई जानकारी दिएको छ ।
कास्की प्रहरीले काँग्रेस कार्यकर्ता पक्राउ, माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोडको आरोप
September 17, 2019
1182
Advertisment



