कास्की-२ उपनिर्वाचन,कहां कति मत खस्याे ? गणना १० बजेदेखि

पोखरा, १४ मंसिर / कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि भएको उपनिर्वाचन छुट्पुट् घटना बाहेक शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा करिब ६३ दशमलब ४१ प्रतिशत मत खसेको छ । ७१ हजार ८ सय ७१ मतदाता रहेको ४५ हजार ५ सय ७९ मत खसेको छ । मतदानका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रहरु तोकिएको थियो ।

उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता रहेका थिए । पोखराका ११ वटा वडाहरु ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ कास्की क्षेत्र नम्बर २ पर्दछ । कास्कीमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा ११ जना दलीय र १० जना स्वतन्त्र छन् ।

कास्की क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार राति देखी नै सुरु गर्ने तयारी गरेको छ । शनिबार राति १० बजे पछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको हो । साझँ ८ बजे सम्म सबै मतपेटिकाहरु जिल्ला समन्व्य समिति कास्कीमा ल्याइसक्ने र दलहरु सगँ बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ ।

दलहरु सगँको छलफल पछि राति १० बजे पछि गणना गर्न शुरु गर्ने साहेक निर्वाचान अधिकृत रामचन्द्र उपाध्यले जानकारी दिए । उनले राति नै गणना गर्ने सहमति नभएमा मात्रै आइतबार विहानबाट गणना गर्न शुरु गर्ने बताए । गणना गर्ने स्थान जिल्ला समन्वय समितिको हलमा सिसि क्यामेरा र तार जाली लगाएर तयार पारीको उनले बताए ।

कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) बाट चन्द्र बहादुर रानाभाट, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुिक्त पार्टीबाट पूर्ण बहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट गंगा मल्ल चुनावी मैदानमा छन् ।

त्यसै गरि स्वतन्त्रमा उमनाथ गौतम, कमल जङ्ग कुँवर, जमुना शर्मा, दिपक रेग्मी, नबराज बास्तोला, यज्ञ प्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मी कुमारी भुजेल, सुनिल बहादुर कोइराला र सुनिल भुसाल उमेद्वार छन् । निर्वाचन सम्पन्न गर्न तीनवटै निकायका सुरक्षा कर्मि परिचालन गरिएको थियो भने पोखरामा यातायात समेत ठप्प परिएको थियो ।

वडा मतदाता संख्या खसेको मत
२२३८ १५४०
४६०९ २९८४
६५६८ ३९३९
४७१५ २९४५
११ ५८३० ३८०६
१५ ८२८९ ४८०५
१६ ८५५२ ६५२९
१७ १०२३१ ६३८६
२० ३६३३ २०५०
२१ ७३७२ ४७४२
३३ ७९९१ ५६४२
७१८७१ ४५५७९
प्रतिशत ६३.४१
Advertisment