पाेखरा र बुटवल भिड्दै, बुटवल टस जितेर बलिङ गर्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा भइरहेको खेलमा बुटवलले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

साविक विजेता टोली पोखरा पल्टनले बुटवल बलास्टर्ससँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा दुई खेल खेलेको पोखरा दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । दुई खेल खेलेको बुटवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा छ । फाईनल संभावनलाई जिवित राख्नलाई पाेखराकाे जित आवश्यक्ता छ । साविक विजेतासमेत रहेको पोखरा आजको खेलमा पनि पराजित भएमा फाइनल सम्भावना मुस्किल हुनेछ । पहिलो खेलमा काठमाडौंविरुद्ध ९ विकेटको जित निकालेको पोखरा दोस्रो खेलमा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेट र तेस्रो खेलमा विराटनगर टाइटान्ससँग ४५ रनले पराजित भएको थियो ।

उता बुटवल ब्लास्टर्स प्रतियोगिताको तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग सुपर ओभरमा जित निकालेको बुटवल दोस्रो खेलमा ११९ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

पोखराको कप्तानी शरद भेषवाकरले गर्दैछन् भने बुटवलको कप्तानी सिद्धान्त लोहोनीले गर्दैछन् ।

Advertisment