तमुधिं नेपाल केन्द्रीय आमा समितिद्वारा नयाँ वर्ष ल्होछारको शुभ अवसरमा आदान-प्रदान सम्पन्न

पुस १०, पाेखरा । तमुधि नेपाल केन्द्रीय आमा समितिद्वारा, तमुधि नेपाल नयाँबजारमा तमुहरूको नयाँ वर्ष ल्होछारको शुभ अवसरमा शुभकामना आदान-प्रदान सहित विविध साँस्कृतिक कार्यक्रम तथा जलपानको कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रम समितिकी कार्यवाहक अध्यक्ष पञ्च कुमारी तमुको अध्यक्षतामा तथा पोखरा महानगर पालिकाका उप-प्रमुख मञ्जु देवी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । मंगल पाठ गरि कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूद्वारा १०८ दीप प्रज्वलित गरि समुदघाटन गरिएको कार्यक्रमका वक्ताहरूले ल्होछारको शुभकामनाका साथ तमुहरू बैदेसिक रोजगारीमा मात्र नभई स्वदेशमा नै विभिन्न क्षेत्रहरूमा अग्रसर हुनु पर्नेमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि मञ्जु देवी गुरुङले तमु आमा, दिदीबहिनीहरूलाई महानगर पालिकाबाट प्राप्त हुने सेवा सुबिधाबारे जानकारी दिनु हुँदै राज्यबाट प्राप्त हुने सेवा लाभ गर्नुहुन अाह्वान गर्नुभएकाे थियाे । कार्यक्रममा तमुधि नेपालका कार्यवाहक अध्यक्ष हुम बहादुर तमु, नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नं ४ का अध्यक्ष दिपक तामाङ्ग, प्लान नेपाल इन्टरनेशनलकी डा. चेत कुमारी गुरुङ, सामुहिक ल्होछार/ल्होसार मुल आयोजक समितिका संयोजक मन बहादुर तमुले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो। कार्यक्रममा याङ्गजाकोट तमु समाज, पय्युँखोला तमु समाज, मिलिजुली बिजयपुर तमु समाज, खिलाङ्ग तमु समाज र फिर्के तमु समाजको साँस्कृतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य समितिकी द्वितीय उपाध्यक्ष पबित्रा तमुले तथा कार्यक्रमको सञ्चालन सह-सचिब बालकुमारी तमुले गर्नु भयो।

Advertisment