नेवा :खल कास्कीकाे अध्यक्षमा पुन पालिखे, नेवारी संस्कृति जगेर्ना गर्नुपर्नेमा न्यायधिश बैधकाे जाेड

 पाेखरा । कास्की जिल्ला तथा अासपासका नेवारी समुदायहरुकाे संगठित साझा संस्था नेवा : खल कास्कीको अध्यक्षमा पुनः पाेखराका अग्रणी ब्यबसायी अशाेक  पालिखे चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न अधिवेशनले पालिखेलाई अध्यक्षमा चयन गरेको हाे ।

नेवा : खलकाे कार्यसमितिमा अष्टमान प्रधानांग, विश्व विजुक्छे, नारायण श्रेष्ठ, श्रीकृष्ण कतिला, रामप्रसाद श्रेष्ठ र कल्पना श्रेष्ठ छन् । संस्थागततर्फबाट कृष्णबहादुर श्रेष्ठ, हर्कमान शाही र बखतमान जोशी सदस्य चुनिएका छन् ।

यसैगरी मिसा पुचः कास्कीमा मेनुका श्रेष्ठ अध्यक्षमा चयन भएकी छन् । संस्थाको उपाध्यक्षमा संगीता बज्राचार्य, द्वितीय उपाध्यक्षमा शक्ति प्रधानांग, महासचिवमा रेबिका श्रेष्ठ, उपमहासचिव किरण बिजुक्छे र कोषाध्यक्ष सोनी ढेवाजु छन् ।

कार्यसमिति सदस्यमा अञ्जु बाटाजु, रजनी श्रेष्ठ, सबिना बिजुक्छे, सरस्वती, मनलक्ष्मी, मीना श्रेष्ठ, देबिना, अम्बिका राजभण्डारी र कमला श्रेष्ठ छन् ।

नेवा ल्याम्ह पुचः अध्यक्षमा मधुसुधन जोशी निर्वाचित भएका छन् । समितिमा उपाध्यक्षमा वीनित जोजिजु, द्वितीय उपाध्यक्ष्मा रोनित बाटाजु, महासचिव सुरेशकुमार श्रेष्ठ, उपमहासचिव अनिशा श्रेष्ठ, कोषाध्यक्ष राहुल कतिला, सहकोषाध्यक्ष श्रदा श्रेष्ठ र सदस्यमा नितेश बाटाजु, अमर श्रेष्ठ र ज्यासमिन श्रेष्ठ छन् ।

कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश प्रमोद वैद्यले नेपाल बिभिन्न जातजाति,भाषा भाषीकाे बहुल्य रहेकाे देश रहेकाे स्मरण गराउंदै नेवारी संस्कृतिलाई जगेर्ना गर्नका लागि नेवारी समुदायका सबै मानिस लाग्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत मिसा नेवा पुच कास्की अध्यक्ष शान्ति उदासले गरेकी थिइन् ।

नेवा खलका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा ल्याम्ह पुचका निर्वतमान अध्यक्ष रामबहादुर रजक, नेवाः मिसा पुचका निर्बतमान अध्यक्ष शान्ती उदास लगायतले अाअाफ्नाे धारणा ब्यक्त गरेका थिए ।

Advertisment