बास्तोलालाई न्यूयोर्क राज्यको बिधानसभासदको सम्मान

काठमाडौं । नेपाली समुदायमा निस्वार्थ रुपले समाज सुधारका कामहरु र संयुक्त राज्य अमेरिका र नेपाल बिचको पुलको रुपमा काम गरेकाे भन्दै अमेरिकामा एक नेपाली लाई सम्मान गरेकाे छ ।
मानव अधिकार एवं आप्रवासी हरुलाई अध्यागमन सम्वन्धि आवस्यक सहयोगी कार्यक्रमहरु सञ्चालन गरेकाे भन्दै हाल न्यूयोर्क निवासी कास्की हेम्जाका विश्वराज बास्तोलालाई न्यूयोर्क राज्यको बिधानसभासद माइकल मोन्टेसानोले फेब्रुअरी ९,२०२०मा सम्मान गरिएकाे छ ।
नेपाली जनसम्पर्क समिती लङग आईल्याण्ड न्युयाेर्क द्वारा हिक्सभिलमा आयोजित रक्तदान कार्यक्रममै बिधानसभासदले बास्तोलालाई सम्मान पत्र प्रदान गरेका हुन ।

५० जनाले रक्तदान गरेको उक्त कार्यक्रममा बास्तोलाले २४ औं पटक रक्तदान गरेका थिए । बस्तोलाका पांचैजना परिवार सदस्यहरु रक्तदाता हुन। बास्तोला नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली काॅग्रेसको विदेश स्थित संगठन नेपाली जनसंपर्क समिती लङग आईल्याण्ड न्यूयोर्क शाखाको अध्यक्ष छन । उनी गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाको केन्द्रिय सदस्य,कास्की समाज अन्तराष्ट्रीय परिषद,हेमजा वेलफेयर सोसाइटी,र नेपाली बहिरा कल्याणकारी समाज जस्ता संस्थाहरूको सल्लाहकार समेत छन ।
न्युयोर्क राज्य व्यवस्थापिकाको विधानसभा तल्लो सदन हो। उक्त विधानसभामा १५० सीट छन् ।

Advertisment