आफै गाडी हांक्दै झापादेखि काठमाडौं पुगे राजा

पुर्ब श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाह करिब दुई महिनाकाे पुर्बी नेपाल बसाई पछि काठमाडौं फर्किएका छन् । झापाबाट आफैंले गाडी चलाएर हिजाे बेलुका पाँच बजे निर्मल निवास पुगिसकेकाे बताईन्छ । बिहान ८ः३० बजे झापाबाट बडामहारानीसङ्गै अाएका उनले गाडी महोत्तरीको बर्दिबास आएर मात्र रोकिएको बताईन्छ ।

बर्दिबासस्थित प्रहरी परिसरमा दिउँसोको खानाका लागि राेकिएकाे भएतापनि पूर्व श्री ५ ले प्रहरी परिसरलाई स्टेसन बनाउंदै त्यहाँ आफैंले झापाबाट ल्याएको खाना लिएकाे खबर छ । करिव एकघण्टा खानाको लागि रोकिएपछि बीपी राजमार्गको बाटो भएर काठमाडौँ पुगेकाे र उक्त घुमाउरो सडकमा पनि राजा अाफैले नै गाडी चलाएका थिए ।
उमेरले एकहत्तर वर्ष पूरा भएर पनि पूर्व श्री ५ यसरी झापाबाट काठमाडौंसम्म निरन्तर गाडी चलाएर आउन सक्नुले उनकाे आत्मविश्वास उजागर गरेको ठानिएको छ । निर्मल निवास प्रवेश गर्दा बेलुकाको पाँच बजेको थियो । ब्यवसायिक चालकलाई समेत नौ घण्टा भन्दा बढी लाग्ने सडकको यात्रा पुर्ब श्री ५ ले साढे आठ घण्टाभन्दा कम समयमा पूरा गरि काठमाडौं भित्रिएकाे खबर छ ।
बर्तमान बिषम परिस्थितिमा सरकारले जारी गरेकाे नियत पालन गर्दै काठमाडौं जान खाेज्दा गृहकाे निर्देशनमा स्थानिय प्रशासनले राेक्न खाेजेकाे भन्दै सामाजिक सञ्जालमा निक्कै बिराेध भएकाे थियाे ।

Advertisment