कवि तिर्थ श्रेष्ठकाे कविता संग्रह धर्सैधर्साको चक्रव्यूह मदन पुरस्कारमा मनाेनयन

पाेखरा । नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि कवि तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह मनोनयनमा परेको छ ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ का लागि ७ कृति मनोनयनमा श्रेष्ठकाे कृति सुचिकृत भएकाे गुठीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएकाे छ । गुठीले प्राप्त १५१ कृतिमध्येबाट बढीमा १० कृतिको सूची तयार गर्न गठित समितिले ७ पुस्तकको सूची उपलब्ध गराएको अध्यक्ष कुन्द दीक्षितले बताएका छन् ।

सुचिकृत मध्ये अकारादिक्रममा सार्वजनिक सूची अनुसार तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, विमल निभाको जोकरको बन्दुक, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारस निघण्टु (खण्ड १-३), चन्द्रप्रकाश बानियाको महारानी, ललित विष्ठको मोहपथ र शारदा शर्माको यात्रामा कृति मनोनयनमा परेका छन् ।

छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ ।

छनाैटपछि कबि तिर्थ श्रेष्ठले कविताकै साधाना गर्दै आएको मानिस मदन पुरस्कार जस्तो सम्मानित पुरस्कारको छनौटमा पर्दा खुशी लागेको प्रतिकृया युनाईटेड खबर लाई दिएका छन् ।
पुरस्कार छनौटका लागि झण्डै एक महिना लाग्नसक्ने गुठीले जनाएको छ ।

Advertisment