गणेशमान सिंहको स्मृतिमा तरुण दलकाे राहात, फाेटाे सहित

पोखरा । नेपाल तरुण दल माछापुच्छ्रे ईकाई समितिले २०४६ सालको जनआन्दोलनका सर्बोच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा बाढी पहिरो पिडितलाई राहात बितरण गरेको छ ।

शुक्रबार माछापुच्छ्रे गाउंपालिकाको स्थानिय ल्वाङ गाउंमा आयोजना गरिएको कार्यक्रममा गत भाद्र २३ गते राति खोरामुखमा आएको बाढीबाट पिडित अजिमान परियारको परिवारलाई नगद बीस हजार रुपैयां ईकाइ कांग्रेस ईकाई सभापति सोम बहादुर गुरुङ र पञ्जा बहादुर गुरुङले सो रकम हस्तान्तरण गरिएको थियाे ।

नेपाल तरुण दल क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष बिकास गुरुङको संयोजनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष मनोज गुरुङ रहेका थिए ।
तरुण दल ईकाई अध्यक्ष भरत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माछापुच्छ्रे गाउंपालिकाका उपप्रमुखका प्रत्यासी एबं नेपाली काङ्ग्रेस स्थानीय तह समन्वय विभाग केन्द्रिय सदस्य टेकनशोभा गुरुङ, पार्टीका क्षेत्रिय प्रतिनिधि सोनु गुरुङ, जीवन बास्तोला, लक्ष्मण पहारी, बिकास थापा लगायतले गणेशमान सिंहको योगदान र नेपाली कांग्रेसले मुलुकमा भईरहेको बिकृतिका बारे चर्चा गरेका थिए ।

Advertisment