कांग्रेस वरिष्ठ नेता पौडेल तनंहुंमा, बिभिन्न याेजना उद्घघाटन देखि भेटघाटमा ब्यस्त !

पोखरा । नेपाली कांग्रेस अनुशासन समितिले पार्टी निति बिपरित कृयाकलाप गरेको भन्दै पुर्ब सहमहामन्त्री गोबिन्दराज जोशीलाई कारबाही गर्न सिफारिस गरेपछि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रबेश गर्न चुनौती दिईरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँका गाउं गाउंमा घुमिरहनुभएको छ ।

सोमबार जिल्ला पुग्नुभएका नेता पौडेल जिल्लाका नेता तथा कार्यकर्ता संग भेटघाट गरि सुरु गर्नुभएको भ्रमण बिभिन्न कार्यक्रममा ब्यस्त रहनुभएको छ । बिगतमा भन्दा झन अहिले जिल्लाका नेता कार्यकर्ताहरुको ठुलो पंत्ति नेता पौडेलसंग भेटघाट तथा स्वागतमा रहेको तनंहुं कांग्रेसका नेताहरुले बताएका छन ।

आफ्नै पहलमा परेका योजनाहरु मास्दीमा रिषिङ र व्यासको बुद्वसिह मार्ग जोड्ने पक्की पुल र रानीगाउ जोड्ने पक्कि पुलको मंगलबार उद्घघाटन गर्नुभएको छ ।

त्यसैगरि बृहत् खानेपानी योजना उद्घघाटन, मुस्लिम समुदायसंग भेटघाट, बहुचर्चित मानंहुकोट बाट दृष्यअवलोकन लगायतका कार्यक्रम समेत प्राथमिकता राख्नुभएका नेता पौडेल तनंहुंका पत्रकार तथा बुद्विजीबीहरु संग समेत भेटघाटमा रहनुभएको छ ।

पुर्बाग्रही रुपमा प्रस्तुत भएका स्थानिय प्रशासन देखि केन्द्रिय सरकारबाट बिकासे याेजनाहरुकाे उद्वघाटन कार्यक्रम केही अवरोध गर्न खाेजेपनि असम्भव देखेपछि प्रमुख जिल्ला अधिकारीले पाैडेलसंग केन्द्रकाे निर्देशनमा गल्ती भएकाे भन्दै माफि मागेकाे समेत खबर रहेकाे छ ।

वरिष्ठ नेता पौडेल केही दिन जिल्लामा बसेर आम कार्यकर्ता तथा जनताका समस्या,समाधान र पार्टी संगठनका बारेमा बृहत् छलफल गरिरहनुभएको रहेको निजि सचिव चिरञ्जीवी अधिकारीले युनाईटेड खबरलाई जानकारी दिनुभएको छ ।

Advertisment