रुकबहादुर गुरुङकाे कथा संग्रह विमाेचन

पोखरा, १५ चैत्र
समाजसेवी रुकबहादुर गुरुङ लिखित “आत्मबल बढाउने कथा संग्रह” आइतवार पोखरामा विमोचन गरिएको छ। “लगदा गाँउको चिनारी पुस्तक” प्रकासन गरिसक्नु भएका स्याङजा चापाकोट ४ लगदा गाँउका कथाकार गुरुङको दोश्रो कृति “आत्मबल बढाउने कथा संग्रह”को कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोबिन्दबहादुर खाँण, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ र कथाकार रुकबहादुर गुरुङले विमोचन गर्नुभएको हो।

कथाकार गुरुङले ४७ औं जन्मदिनको अवसरमा ९८ वटा लघु कथाहरु समावेश भएको “आत्मबल बढाउने कथा संग्रह” कार्यक्रम आयोजना गरी विमोचन गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले कृतिको महत्व अमिट हुने बताउनुभयो। भुपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे लगायतको रचनाको चर्चा गर्नुहुदै साहित्यिक सिर्जनाले समाज, मुलुक समृद्धिका लागि सघाउने उहाँको भनाई थियो।लेखन निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुहुदै उहाँले लेखनका लागि साधना जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा कथाकार रुकबहादुर गुरुङले कोभिड १९ कोरोना भाइरसको लकडाउन समयलाई सदुपयोग गर्दै कथा संग्रहको रुपमा पाठक बिच प्रस्तुत गरेको बताउनुभयो।

पुस्तक समिक्षा गर्नु हुदै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले आत्मबल बढाउने कथा संग्रहले समाज रुपान्तरणमा समेत महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, गण्डकी प्रदेश आर्थिक मालिमा तथा योजना मन्त्री किरण गुरुङको निजी सचिव साहित्यकार तेजबहादुर गुरुङ, पेशागत बिमा अभिकर्ता नेपालका सचिव केदारनाथ अधिकारी, पञ्चमुल पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष लालकुमार अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वेलनन एकेडेमीका संस्थापक तथा युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङले पुस्तकका लेखक अर्थात कथाकार रुकबहादुर गुरुङको परिचय गराउनुहुदै जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो।

मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोविन्दबहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रममा एल आइ सि नेपालका सफल अभिकर्ता औ बहादुर गुरुङले स्वागत र सफल बिमा अभिकर्ता नवराज दुराले कार्यक्रम संचालन गर्नुभएको थियो।

Advertisment