गण्डकी प्रदेश खेलकूद परिषदको पहिलो बैठक,यस्ता छन विभिन्न निर्णय

पोखरा, वैशाख १३ । गण्डकी प्रदेश खेलकूद परिषदको पहिलो पूर्ण बैठक विभिन्न निर्णयहरु गरी सम्पन्न भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री एवम परिषदका अध्यक्ष नर देवी पुनको अध्यक्षतामा सोमबार पोखरामा पूर्ण बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश खेलकूद गठनका लागि प्रदेश सरकारलाई हार्दिक आभार व्यक्त गर्दै परिषदका सदस्यहरुलाई जिल्ला र खेल संघहरुको इन्चार्जको जिम्मेवारी तोकेको छ भने कार्यालय तथा कर्मचारी व्यवस्थापन तथा आर्थिक वर्ष २०७८÷०७९ को बजेटका विषयमा समेत निर्णयहरु गरेको छ ।

बैठकले गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य राम चन्द्र थापालाई कास्की जिल्ला खेलकूदको इन्जार्ज, गोरखा जिल्लाको ज्ञान बहादुर बोहरा, लमजुङ्ग जिल्लाको बासु बराल, तनहुँको तारा माया थापा मगर, नवलपुरको योगिता कुमारी शाहानी, म्याग्दी जिल्लाको इन्चार्जमा चन्द्रा घले गुरुङ, मुस्ताङ जिल्ला खेलकूदको इन्चार्जमा योगेन्द्र शेरचन, मनाङ जिल्लाको इन्चार्जमा योगेन्द्र गुरुङ तथा पर्वत जिल्ला र सञ्चारको इन्चार्जमा केशव पाठकलाई तोकेको छ भने खेल संघहरुको इन्चार्जमा ऋषी राम गौतमलाई जिम्मेवारी दिइएको छ ।

बैठकले कार्यालय तथा कर्मचारी व्यवस्थापन सँगै प्रदेश खेलकूदका लागि आिर्थक वर्ष २०७८÷०७९ बजेट तर्जुमा गर्न परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यिय कमिटी गठन गरेको छ । जसको सदस्यमा दिल बहादुर गुरुङ, तारा माया थापा मगर, प्रदेश खेलकूद महाशाखा प्रमुख तेज प्रसाद काफ्ले र क्षेत्रिय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना रहेका छन ।

गण्डकी प्रदेश खेलकूदको लोगो डिजाइन तथा वेवसाइटको कार्यलाई अगाडी बढाउन परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा निर्मला बराल र केशव पाठक सदस्य रहने गरी तिन सदस्यिय कमिटी गठन गरेको छ ।

प्रदेश भित्रको खेलकूदमा क्रियाशिल खेलाडीहरुको स्वास्थ्य विमा, प्रदेश खेलसंघहरुको गठन, जिल्ला–जिल्लामा खेलाडीहरुको पहिचानका लागि ट्यालेन्ट हन्ट लगायत अन्य प्रशिक्षणका कार्यक्रमहरुलाई समेत अगाडी बढाउने सँगै एक स्थानियतह एक खेल मैदान अन्तर्गत निर्माण भइरहेका कार्यहरुको निरिक्षण तथा अनुगमनलाई तिव्रताका साथ अघि बढाउने गरी बैठकमा छलफल भएको छ भने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि समेत विभिन्न निर्णयहरु गरी अगाडी वढ्ने भएको छ ।

बैठकलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री नर देवी पुनले जिल्लाहरुमा प्रशिक्षणका कार्यक्रमहरु अगाडी वढाउन र स्थानियतहहरुलाई खेलकूदको ऐन निर्माण गरेर अगाडी वढ्न प्रोत्साहित र परिचालन गर्नुपर्ने बताइन । उनले भनिन–“प्रदेशको खेलकूद विकासका लागि सवै सँग मिलेर नागरिकहरुलाई खेलकूदमा जागरण ल्याउन आवश्यक छ ।”

Advertisment