संकटको बाबजुद पनि नेपालको मुद्रा स्थिति बाञ्चित सिमा भित्र रहेको अर्थमन्त्रीको दाबी

काठमाडौं, जेठ १४ गते । महामारीबाट उत्पन्न आर्थिक संकटको बाबजुद पनि नेपालको मुद्रा स्थिति बाञ्चित सिमा भित्र रहेको, सुचानाङ्क स्थिति तथा विनिमय सञ्चिति सुविधा जनक रहेको, वित्तिय क्षेत्र सवल रहेको शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनु भएकाे छ ।

उहाँले सरकारले एक अर्ब तीन करोड २४ लाखभन्दा बढी रकम सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको बताउनुभयाे । अर्थमन्त्री पौडेलले समाजिक सुरक्षा कोषमा रु एक अर्ब तीन करोड २४ लाख ६ हजार भुक्तानी गरेको जानकारी दिनुभएको हो ।
महामारीबाट प्रभावित समाजिक सुरक्षा कोषमा आवद्ध प्रतिष्ठानमा कार्यरत सबैको आर्थिक वर्ष २०७६र०७७ को अन्तिम चार महिनामा श्रमिक तथा रोजगार दाताको तर्फबाट जम्मा गर्नुपर्ने योगदान रकम समाजिक सुरक्षा केषमा भुक्तानी गरिएको जानकारी दिनुभएको छ ।

साथै पुणर्निर्माणमा भएको प्रगति र विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सवल हुँदै अर्थतन्त्रमा ‘भि’ आकारको आर्थिक वृद्धि हुने अनुमान लिइएको थियो । तर, नयाँ वर्ष २०७८को शुरुवातसँगै फैलिएको कोभिड–१९ को दोस्रो लहरले क्रमशः गतिशिल बन्दै गएको अर्थतन्त्रलाई पुनः चुनौति र जोखिम बढाइदिएको उहाँले बताउनुभयो ।

Advertisment