मन्त्रीपरिषदमा हेरफेर, ३ उपप्रधानमन्त्री, पुराना चार मन्त्री , प्रमसँग सात मन्त्रालय

काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नयाँ मन्त्रीहरुको शपथ अहिले साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छ । जनता समाजवादी पार्टी जसपा नेपाल महन्थ ठाकुर पक्षीय नेताहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

राष्ट्रपति बिधा भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई पद तथा शपथ गराउनुभएको छ । जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्री गरि दश जनाले शपथ लिएको हो ।

जसपाले वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिने सहमति बनेको थियो ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी प्राप्त भएको छ ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठ, उपप्रधानमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिएको छ । त्यसैगरि एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेसंगै मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे विदा भएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा हुनुभएको छ । गृह, रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय लगायत मन्त्तालय प्रधानमन्त्रीले आफैसंग राख्नुभएको छ । ।

Advertisment