पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री नेपालीले स्थानीय प्रमुख जिल्ला अधिकारीसंग टेलिफोन संवाद गरि मानवीय तथा धनजनकाे क्षति न्युनिकरणका लागि कुनै कमि नगर्न निर्देशन दिनुभएको छ।
वाढि, प्रकाेप लयायत कुनै पनि विपदबाट नागरिककाे जीवन रक्षा प्रदेश सरकारकाे पहिलाे प्राथमिकता रहेकाे जानकारि दिदैं उहांले आवश्यक परे थप सहयोग गर्ने बताउनुभयो। मुख्यमन्त्री नेपालीले प्रदेश भरिका सम्पुर्ण सुरक्षा प्रशासन र सरोकारवालाहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न समेत आग्रह गर्नुभएको छ। सोमबार देखि लगातर परेको झरीले मनाङ्गकाे चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु डुवानमा परेको र पहिराेले वगाएकाे स्थनीय प्रशासनले जानकारि दिएकाे छ।
मनाङकाे वाढि पहिराे प्रभावितलाई तत्काल उद्धार गर्न मुख्यमन्त्री नेपालीको निर्देशन
June 15, 2021
610
Advertisment


