हङकङ नेपाली महासंघले तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

हुम तमु / पोखरा, २४ साउन
हङकङ नेपाली महासंघले आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई तमु धिं नेपालमा एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो।

तमु धिं नेपालकी आजीवन सदस्य समेत रहनु भएकी अभियानका संयोजक हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, रिता गुरुङका अनुसार कास्कीको ४ मध्ये २ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल(गण्डकी)क्षेत्रीय अस्पताल, १ वटा पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल र १ वटा पोखरा १६ अर्मलास्थित अर्मला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो।

Advertisment