रामचन्द्र पौडेलको भेलामा प्रकाशमान सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाउनुभएको गुटगत छलफलमा नेता प्रकाशमान सिंह सहभागी नहुने भएका छन् । पौडेलले बैठक दिउँसो २ बजे बसुन्धरामा बोलाउन्भएको छ ।
नेता पौडेलले आइतबार बस्ने केन्द्रीय समितिको बैठक र आसन्न १४औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न शुक्रबार दिउँसो आफूनकिट नेताहरुको अनौपचारिक बैठक बोलाउनुभएको भएतापनि सिंह त्यो बैठकमा नजानुहुने भएको छ ।
सिंह सभापतिमा दाबी गर्ने मध्येका एक नेता हुन् । सभापतिमा दाबी गर्ने सोही समूहका डा।शशांक कोइराला र डा।शेखर कोइराला भने बैठकमा उपस्थित हुने बताइएको छ ।

पछिल्लो समय सिंहले पौडेल संयोजकत्वमा गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन भएको विषयमा प्रश्न उठाउनुभएको थियो त्यसैगरि काठमाडौका सांसद राजन केसीलाई मन्त्री बनाउनुपर्ने प्रस्ताब गर्दा दिलेन्द्र बडुलाई गुटगत सिफारिस गरेपछि सिंह क्रुद्ध हुनुभएको बताइन्छ ।
१४औँ महाधिवेशनमा साझा उम्मेदवार बनाएर उम्मेदवारी दिने प्रयास भइरहेका बेला प्रभावशाली नेता सिंहले असन्तुष्टि देखाउनुभएपछि अब पौडेल समूहबाट एउटै उम्मेदवार बन्ने सम्भावना कमजोर बन्ने आशंका बढेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर २४–२६ गतेसम्म गर्ने कार्यतालिका छ । त्यसैको तयारीका सन्दर्भमा सभापति शेरबहादुर देउवाले आइतबार केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।

Advertisment