कास्की कांग्रेस सचिव पदका बलिया उम्मेदवार राजबहादुर गुरुङ

पोखरा १० मंसिर,

नेपाली कांग्रेसको १४ औँ महधिवेशन अन्तर्गत कास्की जिल्लाको सचिव पदमा युवा नेता राजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

गुरुङले शुत्रबार हुने कास्की कांग्रेसको चुनावका लागि बिहिबार निर्वाचन समितिले तोकेको समय अवधी भित्र आफ्नो नाम सचिव पदमा दर्ता गराएको बताए । पार्टी भित्र सालिन, भद्र, इमान्दार नेताको रुपमा छवि बनाएका गुरुङ कार्यकर्ता माझ निक्कै लोकप्रिय छन् । देश र जनतालाई जहिल्यै शिरमाथी राखि राजनितिलाई पेशा नभई सामाजीक कार्यका रुपमा हेरि काममा खटिने प्रवृत्ति कै कारण उनि कास्की कांग्रेसको सचिव पदका बलिया उम्मेद्वारका रुपमा हेरिएको छ । करिव तिन दशक देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल गुरुङले पार्टीको राजनितिलाई पनि संगसंगै क्रियाशिल राखे । कास्कीको अन्नपुर्ण गाँउपालीकामा जन्मिएका उनलाई कांग्रेसको राजनितिमा केन्द्रिय तहमा राम्रो पहुँच भएको नेताका रुपमा चित्रण गरिन्छ ।

पछिल्लो चुनावमा पार्टी कमजोर हुन पुग्दा लोकतन्त्र नै धरापमा पर्न गएको स्मारण गर्दै शक्तीशाली कांग्रेस निर्माण गर्ने प्रतिवद्धता समेत उनले जाहेर गरेका छन् । राजनिति प्रति युवाहरुको अकर्षण घट्दै गएको बेला युवाहरुलाई कसरी पार्टीमा अकर्षण गर्ने भन्नेबारे योजनाका साथ काम गर्ने उनको अठोट छ । उनले आफुँलाई मतदान गरि जित सुनिश्चित गराए पार्टीको संगठन सुदृढ पार्ने र नेता कार्यकर्ताको मुल्याङकन विधि बनाएर जिम्मेवारी दिने योजना रहेको सुनाए । पार्टीलाई एक ढिक्का बनाई पार्टीको गुमेको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पु¥याउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

Advertisment