काँग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा

काठमाडौँ, मङ्सिर १२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुरुप यादवको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको रिक्त उक्त पदमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई नियुक्त गरिएको छ ।

यादवले आफ्नो स्वास्थ्यको कारण देखाई संयोजक पदबाट राजीनामा दिनुभएको हो ।

Advertisment