देउवासहित लाई यसरी बितरण गरियो प्रमाणपत्र प्रदान

पौष १०, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापति सहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन ।
पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ। मुलुकको राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीकोे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

Advertisment