गृहमन्त्री बालकृष्ण खाँड पोखरा आउँदै

पाैष १४, पोखरा । गृहमन्त्री बालकृष्ण खाँड भोली बिहिबार पोखरा आउँदैहुनुहुन्छ । रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँड पोखरा आउन लाग्नुभएको हो । दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा खाँडले सडक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि गृहमन्त्री खाँडले दिउँसो २ः३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो) २०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्रमलाई उदघाटन गर्नुहुनेछ ।

गृहमन्त्री खाँड विहिबार पोखरा नै बस्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी गराएको छ । पोखरा बसाईमा उहाँले गण्डकी सरकारको पछिल्लो गतिविधिका विषयमा जानकारी लिनुहुनेछ । पोखराको एकदिने बसाईमा सुरक्षा निकाय, व्यवसायिक, राजनीतिक र सामाजिक व्यत्तित्वहरु सँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको सचिवालयले बताएको छ ।

Advertisment